काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा शशक्त बन्दै श्रीकृष्ण श्रेष्ठको दावी …

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १३।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) को प्रदेस सभा सदस्य उम्मेदवारको मैदानमा रहेका  श्रीकृष्ण श्रेष्ठको दावी मजबुत बन्दै गएको नेकपा एमालेमा चर्चा चलेको छ।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिव समेत रहेका श्रेष्ठको पक्षमा काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा माहोल बन्दै गएको विश्लेषण अहिले हरेक राजनीतिक वृतमा व्यापक बन्दै गएको छ।

बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको यस प्रदेस निर्वाचन क्षेत्रमा वडा नं २ बाट दावी गरिरहेका तिन नेताले एक अर्कालाई उम्मेदवार स्वीकार्ने सम्भावना कम बने संगै श्रेष्ठको सम्भावना बलियो बनेको अनुमान गर्न थालिएको छ।

कपनले  नगर प्रमुख पाए पछी अर्को दावी गर्न नपाइने  अघोषित नियम बनाइए पछी वडा नं १३ का पुर्व  वडा अध्यक्ष समेत रहेका श्रेष्ठको पल्ला भारी हुने आंकलन गरिएको छ।

यस क्षेत्रमा उठिरहेको नाया र युवाको मापदण्डमा फिट रहेका नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ क पुर्व सहसचिव श्रेष्ठ जनजाती समेत भएकोले नेकपा एमालेको निर्वाचन अभियानमा थप सहयोग पुग्ने देखिएको नगर कमिटीका एक पदाधिकारीले बताएका छन।

२०७९ सालको स्थानिय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको सानदार जितका लागि निक सक्रिय रहेका श्रेष्ठलाई नगर कमिटी सहित अधिकांश शाखा कमिटीको पनि साथ् रहेको चर्चा गर्ने गरिन्छ ।

तपाइँको प्रतिक्रिया ।