काठमाण्डौ क्षेत्र नं ४ छाडेर डा.राजन भट्टराई सिन्धुपाल्चोक जाने हावादारी हल्ला …..

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १३।

मंगसिर ४ गते प्रतिनिधि सभा निर्वाचको मिति घोषणा भए संगै काठमाण्डौ क्षेत्र नं ४ मा राजनीतिक माहोल निकै गर्माएको छ।

नेपाली राजनीतिका दुई चर्चित युवाहरु मैदानमा उत्रिने प्रचुर सम्भावना रहेको काठमाण्डौ क्षेत्र नं ४ मा चुनावी प्रचार प्रसार र अभियानहरु सुरु भएका छन भने त्यसको साथमा एक अर्का प्रति अनर्गल प्रचारको शृंखला पनि सुरु भएको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई दोश्रो पटक चुनावी मैदानमा आउने तयारी गरिरहेको क्षेत्र नं ४ मा अहिले सामाजिक संजाल र संचार माध्यमहरु समर्थन,विरोध,आग्रह ,पूर्वाग्रह र चुनावी फण्डाले रंगीचंगी बनेका छन।

हरेक निर्वाचनमा प्रचार प्रसारको केन्द्रमा रहने काठमाण्डौ क्षेत्र नं ४ मा पछिल्लो समय डा .राजन भट्टराई सिन्धुपाल्चोक जाने भनेर अर्को चुनावी फण्डा चर्चामा ल्याइएको भट्टराईका स्वकीय सचिव पुष्प भट्टराईले बताएका छन।

कपन अनलाइनमा भाद्र ९ गते प्रकासित  काठमाण्डौ क्षेत्र नं ४ छाडेर डा.राजन भट्टराई सिन्धुपाल्चोक जाने  हल्ला … भन्ने  समाचार प्रति  यो हल्ला हैन हावादारी हल्ला रहेको प्रतिक्रिया दिदै भट्टराईले डा. राजन भट्टराई काठमाण्डौ क्षेत्र नं ४ को चुनावी मैदानमा आउने संकेत समेत गरेका छन।

आगामी निर्वाचनलाई लक्षित गरेर सक्रीय पारिएको नेपाली कांग्रेसको पक्षमा र एमालेको विपक्षमा खुलेरै लेख्ने गरेको एक अनलाइन मार्फत अनर्गल प्रचार अभियान चलाइएको बताउदै भट्टराईले सुनियोजित रुपमा साम्प्रदायिक द्वेष उत्पन्न हुने किसिमले सिन्धुपाल्चोक र ओखलढुंगाको विषय चर्चामा आउनु दुखद भएको धारणा राखेका छन।

काठमाण्डौ महानगरपालिकाका वडा नं १,७,८,३० र बुढानिलकण्ठ नगरपालिकाका वडा नं १ ,२,८,९,१०,११,१२ र १३ रहेको काठमाण्डौ क्षेत्र नं ४ मा निर्वाचन अभियान सुरु गरिसकेका डा.भट्टराईका विरुद्ध अनर्गल प्रचार गरिनु दुखद रहेको बताउदै उनले क्षेत्रमा  निर्वाचन अभियान निरन्तर जारी रहेको जानकारी दिएका छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मंगसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि उम्मेदवार सिफारिसको प्रक्रिया सुरु गर्ने तयारीमा जुटेको छ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भाद्र २२ गते भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिए संगै तयारी सुरु गरेको नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्काले जानकारी दिएका छन।

हेर्नुहोस समाचार :

उम्मेदवार सिफारिसको प्रक्रियामा जुट्यो नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४

तपाइँको प्रतिक्रिया ।