नेकपा एसको “इपिसेन्टर” मा डा. राजन भट्टराईको हमला : के गर्लान काठमाण्डौ-४ का यी तिन नेता ?
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ८।
काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीको “इपिसेन्टर” मानिएको काठमाण्डौ महानगरपालिका वडा नं ७ का अध्यक्ष र सचिव सहित तिन वटा टोल कमिटी नेकपा एमालेमा प्रवेस गरेका छन।
नेकपा एसका निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य र वर्तमान जिल्ला कमिटी सचिवको निर्वाचन क्षेत्रमा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको जोडदार हमला पछी सो वडाका केहि नेताहरु के गर्लान भन्ने चर्चा सुरुभएको छ।
मंगसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन आउने समय निकट बन्दै गर्दा नेकपा एसका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले समेत निकै प्राथमिकता दिएर दर्जनौ पटक उपस्थित भएर बनाएको संगठन र प्रभाव एकै झट्कामा कमजोर बने संगै यस वडाका प्रभावशाली केहि नेता के गर्लान ? प्रश्न अहिले क्षेत्र नं ४ मा व्यापक बनेको छ।
नेकपा एस र नेकपा माओवादी केन्द्रका करिव ५४ जना नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेस गरेपछी काठमाण्डौ महानगरपालिका वडा नं ७ को राजनीतिमा प्रभाव राख्न सक्ने नेताहरु सुद्ध कुमार डंगोल,कृष्ण घिमिरे र दुर्गा मिश्रको आगामी कदम र बाटो के हुन्छ ? यो प्रश्न क्षेत्र नं ४ मा व्यापक बनेको हो।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं ७ को अध्यक्षमा विजयी बनेका डंगोल र सदस्यमा विजयी बनेका घिमिरे लामो समय नेकपा एमालेमा सक्रिय र पार्टी विभाजन संगै नेकपा एस बनेका थिए। त्यस्तै लामो समय माओवादी आन्दोलनमा सक्रिय मिश्र नेकपा एमाले हुदै एकीकृत समाजवादी बनेका थिए।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्ष र सदस्यको उम्मेदवार बनेर नेकपा एमालेलाई हराउन निर्णायक भूमिका खेलेका डंगोल र घिमिरे संग पनि नेकपा एमालेले सघन सम्पर्क बढाएको श्रोतले जानकारी दिएको छ। तर हाल सम्म ठोस निस्कर्षमा नपुगेका उनीहरु संगै मिश्रलाई पनि नेकपा एमालेमा ल्याउन ओखलढुंगा तिरको संयन्त्र सक्रिय बनेको चर्चा क्षेत्र नं ४ मा चलेको छ।
दोश्रो पटक चुनावी मैदानमा आउने लगभग निश्चित रहेका डा.राजन भट्टराईको गृह वडामा भएको नेकपा एसका नेता तथा कार्यकर्ताहरुको एमाले प्रवेसले काठमाण्डौ क्षेत्र नं ४ मा हुने गठबन्धनमा समेत उदासीनता थपेको विश्लेषण भैरहेको समयमा यी तिन नेताले के गर्लान ? भन्ने प्रश्न पेचिलो बनेको छ।
काठमाण्डौ महानगरपालिका वडा नं ७ मा प्रवेस गर्नेहरुको सुची :