चम्पादेवीका ७ जनालाई नेकपा एमाले ओखलढुंगामा महत्वपूर्ण जिम्मेवारी

चम्पादेवीका ७ जनालाई नेकपा एमाले ओखलढुंगामा महत्वपूर्ण जिम्मेवारी

कपन अनललाइन
काठमाडौं, साउन ३०।

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीको पूर्ण बैठकले चम्पादेवी गाउँपालिकाका सात नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ। साउन २७ गते जिल्ला कार्यालय भवन ओखलढुंगामा बसेको बैठकले विभिन्न विभागहरुमा मनोनयन सहित जिम्मेवारी प्रदान गरेको हो।

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष शंकर कटवालको अध्यक्षतामा भएको बैठकले चम्पादेवीका सात नेताहरुलाई विभागीय प्रमुख ,उपप्रमुख र सचिवको जिम्मेवारी दिएको हो।

सो बैठकले बन तथा बातबरण बिभागको प्रमुखमा नरेन्द्र घिमिरे र  स्थानिय तहको निर्वाचनमा गाउँपालिका प्रमुखको उम्मेदवार समेत रहेका खडग ब कार्कीलाई स्थानिय बिकास बिभागको  उपप्रमुखमा चयन गरेको छ।

त्यस्तै पदम बराललाई जिल्ला कमिटी सदस्यमा मनोनित गर्दै संगठन विभागको उपप्रमुखको जिम्मेवारी दिएको सो बैठकले  रत्न बुढाथाेकीलाई उपभोक्ता हित तथा सुसानन बिभाग उपप्रमुखमा चयन गरेको छ।

यसै गरी नेकपा एमाले ओखलढुंगाले  ऋषिलाल न्याैपानेलाई साहित्य कला तथा संस्कृति ,प्रेम सुनवारलाई  उपभोक्ता  हित तथा सुसासन र सुदर्शन कार्कीलाई सामाजिक सेवा बिकास विभाग सचिवकको  जिम्मेवारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।