फोहोर व्यवस्थापनको माग राख्दै नेकपा एमाले काठमाण्डौको प्रदर्शन
कपन अनलाइन
काठमाण्डौ ,साउन २९।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको आयोजनमा भद्रकालीमा काठमाण्डौको फोहोर व्यवस्थापनको माग राख्दै प्रदर्शन गरिएको छ। काठमाण्डौका विभिन्न स्थानमा रहेको फोहोर मैला व्यवस्थापन नहुँदा जनस्वास्थ्यमा गम्भीर अशर परेको भन्दै जिल्लाका नेता तथा कार्यकर्ताहरुले विभिन्न प्लेकार्ड र ब्यानर सहित प्रदर्शनमा उत्रिएका थिए।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ,पोलिटब्युरो सदस्य तथा सह इन्चार्ज कृष्ण राई ,केन्द्रीय सदस्य तथा सहइन्चार्ज नारायण सिलवाल,केन्द्रीय सदस्य तथा सहइन्चार्ज रुपनारायण श्रेष्ठ लगायतका नेताहरु उपस्थितिमा भएको प्रदर्शनलाई जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले सम्बोधन गरेका थिए भने सचिव राजेश शाक्यले कार्यक्रम संचालन गरेका थिए ।
साउन २०,२१ र २२ गते महँगी र भ्रस्टाचार विरुद्ध जिल्लाका १३८ वटै वडामा हस्ताक्षर अभियान संचालन गरेको जिल्ला कमिटीले संगठन सुद्दिकरण र सुदृढीकरण अभियान पनि संचालन गरिरहेको छ।