भेनस नेसनल कलेजले अभिमुखीकरण र क्यारियर काउन्सेलिङ गर्दै
कपन अनलाइन
काठमाडौं साउन २९ ।काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा संचालित भेनस नेसनल कलेजले अभिमुखीकरण र क्यारियर काउन्सेलिङ आयोजना गर्ने भएको छ। साउन ३० गते सोमबार भेनस कलेजको मार्शल हलमाआयोजना हुन लागिएको सो कार्यक्रममा भेनस नेसनल कलेजमा कक्षा ११ मा नया भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखीकरण र क्यारियर काउन्सेलिङ गर्न लागेको हो ।
एस ई ई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेज र विषय समूह छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यार्थी तथा अभिभावकहरुलाई उचित परामर्श प्रदान गर्दै आएको भेनस नेसनल कलेजले सोमबार बिहान८ बजे देखि अभिमुखीकरण र क्यारियर काउन्सेलिङ कार्यक्रम आयोजना गर्न लागेको भेनस नेसनल कलेज प्रमुख कृष्ण गौतमले जानकारी गराए।।कार्यक्रममा नेपालका चर्चित क्लाकार पुष्प खड्का, थानेश्वर गौतम लगायतको प्रस्तुति समेत रहने कलेजले जानकारी गराएको छ । भेनस नेसनल कलेजको कक्षा ११मा हाल विज्ञान, सहित व्यवस्थापन, शिक्षा,मानविकी र कानुन बिषयको पढाइ हुदै आएको छ ।
कलेज प्रमुख कृष्ण गौतमका अनुसार अनुसार उक्त कार्यक्रममा कलेजमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याएर उत्कृष्ट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा जानकारी गराउनुको साथै नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत समेत गरिने जानकारी गराए ।
सबैखाले शैक्षिक पुर्वाधार सम्पन्न रहेको भेनस नेसनल कलेजमा दक्ष तथा अनुभवि प्राध्यापकहरुबाट पठनपाठन हुने जानकारी दिदै अतिरिक्त क्रियाकलापको साथै विद्याथीहरुको शैक्षिक विकासमा कलेज सधै लागि पर्ने प्रतिवद्धता जनाएका प्रमुख गौतमले उक्त कार्यक्रममा सहभागी हुन समेत अनुरोध गरेका छन ।