इन्टरपोलद्वारा फिफासँग आवद्ध छ व्यक्तिलाई ‘रेड नोटिस’ जारी
पेरिस, २१ जेठ । फिफामा ठगी तथा भ्रष्टाचार गरेको भनी दुई पूर्व अधिकारी तथा चार कार्यकारी अधिकारीमाथि इन्टरपोलले बुधबार सबैभन्दा खोजिएका व्यक्ति भनी ‘रेड नोटिस’ जारी गरेको छ ।
फिफाका पूर्व उपाध्यक्ष ट्रिनिडाडका ज्याक वार्नर तथा पूर्व कार्यकारी समितिका सदस्य परागुएका निकोलस लिवजलाई उनीहरूकै गृहमुलुकमा पक्राउ गरिएको छ । वार्नरलाई रिहा गरिएको छ भने लिओजलाई घरैमा हिरासतमा राखिएको छ । इन्टरपोलका ‘रेड नोटिस’ का कारण जहाँ गए पनि उनीहरूलाई पक्राउ गर्न सकिन्छ ।
यस सूचीमा परेका अन्यमा अर्जेन्टिनाका अलेजान्द्रो बुर्जाको एण्ड ह्युगो मारियानो जिनकिस परेका छन् । उनीहरूले फुटबल खेलको आमसञ्चार तथा व्यापारिक अधिकारका लागि १० करोडभन्दा बढी घुस दिएको आरोप लगाइएको छ । यसै गरी बार्जिलका प्रसारण कार्यकारी होर्जे मार्गुलिज पनि परेका छन् ।
व्यापक भ्रष्टाचार काण्डबीच फिफाका हालै निर्वाचित अध्यक्ष सेप ब्लाटरले राजिनामा दिने घोषणा गरेपछि इन्टरपोलले यो सूचना दिएको हो । रासस÷एपी