राहदानीकाे नाममा ठगी धन्दा गर्ने चार जना पक्राउ
कपन अनलाइन
काठमाडौँ, साउन १५ ।
प्रहरी वृत्त कालीमाटीले राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।प्रहरीले काठमाडौं महानगरपालिका-११ को त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैबाट चार जनालाई पक्राउ गरेको हो।
प्रहरी वृत्त कालीमाटीका डिएसपी अनिल कुमार घिमिरेका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भई चाबहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिबास नगरपालिका-१० चुन्वाङका २८ वर्षीय श्यामकुमार राई, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ का २२ वर्षीय राम पौडेल र गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजलका ४१ वरेषीय विवेक गुरूङ छन्। गुरूङ रोज बर्ड नामक फोटो स्टुडियोका सञ्चालक समेत हुन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले सेवा ग्राहीलाई दुख दिने र रकम माग गर्ने र राहदानी बनाई किर्ते तथा ठगी गरिरहेको भन्ने सूचना आधारमा उनिहरूलाई पक्राउ गरेकाे जनाएको छ ।उनीहरूबाट अनलाइन फारमका ३२ वटा फारम, तीन वटा ल्यापटप लगायत बरामद गरेको हो।उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको कालिमाटी वृत्तले जनाएको छ।