कसले बुझिदिने विदुर विक्रमको वेदना ?

कपन अनलाइन

काठमाण्डौ ,साउन १३।

बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको तर्फबाट दलीय प्रतिनिधि हुँदा कार्यशैली र सक्रियताका कारण “विदुर बेग ” को उपनाम पाएका विदुर विक्रम खड्का करिव ४ दशक देखि नेकपा एमालका विभिन्न जिम्मेवारीमा निरन्तर सक्रिय रहेका छन।

हाल नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सचिवालय सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ को संयोजक रहेका खड्का आगामी मंगसिरमा अहुने सम्भावना रहेको प्रदेस सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा उम्मेद्वारी दावी गर्ने तयारीमा रहेको चर्चा संगै राजनीतिक माहोल निकै गर्माएको छ।

आफ्नो सामाजिक संजालमा आक्रामक प्रस्तुति दिएर बेला बेलामा निकै चर्चामा आउने गरेका खड्का संगै राजनीति सुरु गरेका र उनि भन्दा पछाडिका कतिपय नेताहरुले महत्वपूर्ण जिम्मेवारी पाए पनि उनि भने अहिले सम्म त्यस्ता महत्वपूर्ण जिम्मेवारीबाट बन्चित नै रहेका छन।

२०४८ साल पछिका हरेक स्थानीय र संसदीय निर्वाचनमा निरन्तर रुपमा सक्रिय रहदै महत्वपूर्ण जिम्मेवारी बहन गरेका खड्काले  धेरै पटक अवसरको आस्वासन पाएपनि अन्तिम समयमा भने निरास बन्ने गरेका छन।

नेकपा एमालेका विरुद्ध हुने प्रचार र गतिविधिको खुल्ला र निर्भिक रुपमा प्रतिकारमा उत्रिदै पार्टीको बचाउमा उत्रिने गरेका खड्काले यस पटक भने कुनै पनि हालतमा आफुले दावी नछोड्ने भन्दै आन्तरिक तयारी थालेको श्रोतले जानकारी दिएको छ।

बेला बेलामा कतिपय नेता तथा नीतिको खुल्ला आलोचना तथा प्रतिवाद गरेर मैदानमा उत्रिदा खड्का किनारमा पर्ने गरेको बताउदै एक नगर कमिटी सदस्य भन्छन ,” आफ्नो जीवनको अमुल्य र उर्बर समय पार्टीका लागि विताएका उनको बेदना कसले बुझिदिने ?”

उमेरका हिसावले पनि उनि उत्तरार्धमा रहेकोले उनको उचीत व्यवस्थापन हुनुपर्ने हो भन्दै ति नेताले खड्काले आगामी दिनमा नेता तथा कार्यकर्ताहरुलाई बिझाउने भन्दा पनि रिझाउने तर्फ सोच्नुपर्ने धारणा राखेका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।