नेपाल स्काउट र ट्राफिक प्रहरीको हातेमालो :चावहिल क्षेत्रमा सयौ विद्यार्थी बने स्वयंसेवक साथी
कपन अनलाइन
काठमाण्डौ ,साउन ११।
काठमाण्डौ महानगरपालिका वडा नं ७ चावहिल क्षेत्रमा सयौ विद्यार्थीहरु स्वयंसेवकका रुपमा ट्राफिक व्यवस्थापनमा सक्रिय हुने भएका छन।
साउन १० गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल स्काउटको संयुक्त आयोजनामा विनायक सिद्ध एकेडेमी चावहिलमा सम्पन्न कार्यक्रममा २४४ जना विद्यार्थीहरु स्वयंसेवकका रुपमा चयन भएका थिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ईलिक्सर एकेडेमी चावहिलका १२७ जना, सगरमाथा एकेडेमी चावहिलका ६० र विनायक सिद्ध एकेडेमी चावहिलका ५७ जना गरि जम्मा २४४ जना बिद्यार्थीहरुलाई साउन १२ गते सम्म गौशाला-चावहिल सडक खण्डको विभिन्न स्थानहरुमा ट्राफिक स्वयंसेवकको रुपमा परिचालन गर्ने घोषणा गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।