बुढानिलकण्ठ नगर प्रमुखको कार्यकक्षमा पत्रकार भण्डारीमाथि दुर्व्यवहार

बुढानिलकण्ठ नगर प्रमुखको कार्यकक्षमा पत्रकार भण्डारीमाथि दुर्व्यवहार

कपन अनलाइन

काठमाण्डौ ,साउन ३।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुखको कार्यकक्षमा पत्रकार माथि दुर्व्यवहार गरिएको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको कार्यकक्षमा पुगेका संचारकर्मी सन्तोष भण्डारी माथि दुर्व्यवहार भएको हो।

साउन ३ गते करिव ५.३० बजेको समयमा नगर प्रमुखको कार्यकक्षमा पुगेका स्थानीय संचार माध्यम पशुपति टाइम्स डट.कमका सम्पादक भण्डारी माथि प्रमुख अधिकारीका “अघोसित स्वकीय सचिव” रबिन्द्र अधिकारीले उच्च श्वरमा बोल्दै कार्यकक्षबाट बाहिर निकालेका हुन्।

आफुले  बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलाई चुनावी प्रतिवदत्ता किन पुरा नगरेको भन्ने प्रश्न राखे संगै आक्रोसित बनेका “अघोसित स्वकीय सचिव” ले बाहिर निकालेको बताउदै पत्रकार भण्डारीले सामाजिक संजालमा लेख्दै  संचार माध्यम प्रति भएको  सो व्यवहारको भ्रत्सर्ना समेत गरेका छन।

नेपाल बार  एसोसिएसन काठमाण्डौ जिल्लाका कोषाध्यक्ष समेत रहेका भण्डारी माथि अधिकारीले दुर्व्यवहार गर्दा युवा परिषद बुढानिलकण्ठका उपाध्यक्ष सहित केहि सदस्य सो कार्यकक्षमा प्रत्यक्षदर्शी  रहेको बताएका छन।

पत्रकार भण्डारीले सामाजिक संजालमा राखेको सामाग्री :

 

तपाइँको प्रतिक्रिया ।