जोरपाटीमा डिप बोरिङ गर्दा निस्कियो अनौठो ‘फोहोरा’

जोरपाटीमा डिप बोरिङ गर्दा  निस्कियो अनौठो ‘फोहोरा’

कपन अनलाइन

काठमाडौं साउन ३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा डिप बोरिंग गर्दा अनौठो फोहोरा निक्लिएको छ । जोरपाटी चोक नजिकै बिहान साँढे दश बजे देखि  स साना ढुंगा, बालुवा, माटोको लेदो  मिसिएको  फोहोरा  निस्किएको वडा सदस्य श्रीबहादुर योगीले कपन अनलाइनलाइ जानकारी गराए ।भुलक–भुलक गर्दै ५ तले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन । फोहोराका कारण नजिकैको घर हिलाम्मे भएको छ ।के कारणले त्यस्तो भएको अनबिज्ञता प्रकट गर्दै वडा सदस्य योगीले  पहिलो पटक त्यस्तो घटना भएको बताए । उनले प्रहरीलाइ खबर गरेको र प्रहरीले सम्बन्धित विज्ञको विभागसँग समन्वय गरेर   के हो पत्ता लगाउने बिश्वास ब्यक्त गरेका छन । अनौठो फोहोरा हेर्न मानिसको भीड  लागेको छ ।

यस अघि बुढानिलकण्ठ मा पनि सोहि प्रकृतिको घटना घटेको थियो । बुढानिलकण्ठमा घटेको उक्त घटनाको भूगर्भविद्ले अनुसन्धान पश्चात  फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिएका थिए । काठमाडौँ उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो ।

तपाइँको प्रतिक्रिया ।