फिल्डमा कुलमान घिसिङ , बुढानिलकण्ठ चपली सब स्टेसन मर्मत जारी
कपन अनलाइन
काठमाण्डौ ,असार १५ ।
बुढानीलकण्ठ नगरपालिकाको चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेसनमा रहेका १०/१० एमभिए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको हो ।
सो सब स्टेसनमा समस्या देखिए संगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फिल्डमा आइ पुगेका छन । चपली सब स्टेसन पुगेका उनले समस्याका वारेमा जानकरी लिएका छन।
ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहेको छ। उक्त ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको छ ।
अहिले समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको जानकारी दिदै श्रेष्ठले नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भैरहेको छ ।