सडकमा पानी खसाल्ने र जथाभाबी पार्किङ गर्ने ट्यांकरहरुलाई कारवाही गरिनेछ : नगर प्रमुख दिपक रिसाल
कपन अनलाइन
काठमाडौं असार १५। गोकर्णेश्वर नगरपालिकाले सडक सुरक्षा पालना गर्ने सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ।
नगर प्रमुख दिपक रिसालले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका क्षेत्रमा संचालित खानेपानीको बोरिंङबाट पानी भरेर खानेपानीको ट्यांकर गुड्ने क्रममा जथाभावी पानी सडकमा बग्ने तथा चुहिने भई सडक बिग्रिएर खाल्डा खुल्डी हुनुको साथै सडक पिच गर्न बाधा भएको भनि जनगुनासो आए पछी बोरिंङ र खानेपानीको ट्यांकर संचालकले पानी सडकमा खसाल्ने चुहाउने काम र सडक किनारमा आवागमनलाइ बाधा पुग्ने गरि सवारी पार्किङ गर्ने काम ७ दिन भित्र बन्द गर्न भनिएको छ ।
साथै तोकिएको समय पश्चात समेत सो किसिमका गल्ती दोहोरिएको पाइएमा नियम बमोजिम कारवाही गरिने समेत सम्बन्धित सबैलाइ सार्वजनिक सुचना मार्फत जानकारी गराइएको उल्लेख गरिएको छ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।