गोकर्णेश्वर नगरपालिकाको  कर दस्तुर बुझाउने सम्बन्धी सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिकाको  कर दस्तुर बुझाउने सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं,असार १४ । गोकर्णेश्वर नगरपालिकाले  कर दस्तुर बुझाउने सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिकाको मिति २०७९ साल असार ९ गते बसेको बैठकको निर्णय अनुसार नगरपालिका क्षेत्र भित्र संचालित रिसोर्ट, पार्टी प्यालेस, सपिंग कम्प्लेक्स, ठुला होटल, रेस्टुरेन्ट, शैक्षिक संस्था लगायत ठुला करदाताहरुले प्रचलित कानुन बमोजिम गोकर्णेश्वर नगरपालिकालाई तिर्नु बुझाउनु पर्ने कर ,शुल्क, दस्तुर बुझाउन बाँकी रहेको देखिएकोले यस नगरपालिकाललाई व्यवसाय कर बहाल कर सम्पत्ति कर लगायतका प्रचलित कानुन बमोजिम बुझाउनु पर्ने कर दस्तुर शुल्क यथाशिघ्र बुझाउन सम्बन्धित सबै करदाताहरुलाई सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।

 

तपाइँको प्रतिक्रिया ।