ठेकेदारको लापरवाहीले महेन्द्र बौद्ध मावी संकटमा:टहरामा पढ्न बाध्य विद्यार्थीका अभिभावक आक्रोसित
कपन अनलाइन
काठमाण्डौ ,असार ९।
२०१२ सालमा स्थापना भएर नेपालको शिक्षक विकासमा निकै ठुलो योगदान दिएको काठमाण्डौ महानगरपालिका वडा नं ६ मा रहेको महेन्द्र बौद्ध मावी अहिले निकै ठुलो संकटमा परेको छ।
निकै राम्रो भौतिक र शैक्षिक पूर्वाधार भएको विद्यालयका रुपम परिचित सो विद्यालय ठेकेदार कम्पनीले समयमा नै भवन निर्माण र मर्मतको काम सम्पन्न नगरिदिदा अहिले टहरोमा कक्षा संचालन गर्न बाध्य बनेको छ।
२०७२ सालको भूकम्पका कारण विद्यालय भवनमा क्षेती पुगे संगै मर्मत र रेक्टोफिटिंगको काम पाएको ठेकेदार कम्पनिले विभिन्न बहाना बनाइ समयमामा नै काम सम्पन्न नगर्दा निकै जिर्ण पूर्वाधार सहित चौरमा निर्माण भएका टहरोमा पढ्न बाध्य विद्यार्थीहरु र अभिभावकहरु निकै आक्रोसित बन्दै प्रदर्शनको तयारीमा रहेको एक अभिभावकले बताएका छन।
सो विद्यालयको बेतिथी र ठेकेदार कम्पनिको लापरवाहीका वारेमा वडा नं ६ का अध्यक्ष भुवन लामाले काठमाण्डौ महानगरको कार्यपालिका बैठकमा कुरा उठाउदै नगर प्रमुखलाई निरीक्षणको निम्तो दिँदा समेत हाल सम्म कुनै पनि सरोकारवाला निकायले ध्यान नदिएकोमा दुख व्यक्त गर्दै विद्यालयका एक शिक्षकले एउटा अतुलनीय योगदान दिएको शैक्षिक धरोहरको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन।
पूर्वाधारको कमीका कारण नियमित पठन पाठनमा असर पुग्दा विद्यार्थीहरुको वृत्ति विकासमा निकै ठुलो असर पुगेको बताउदै अर्का अभिभावकले अवका दिनमा पनि समस्याको सम्बोधन र समाधान नभए सबै शिक्षक ,अभिभावक र विद्यार्थीहरु सडकमा उत्रिएर विरोधको तयारीमा रहेको जानकारी दिएका छन।