नगरपालिकामै मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउन नेकपा एमाले काठमाण्डौको माग

नगरपालिकामै मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउन नेकपा एमाले काठमाण्डौको माग

कपन अनलाइन

काठमाण्डौ ,असार ९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले काठमाडौंका ११ वटा नगरपालिकाबाट नै मतदाता नामावली अद्यावधिक तथा नयाँ  दर्ताको व्यवस्था गर्न माग गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई ज्ञापन पत्र बुझाउदै नेकपा एमाले काठमाण्डौ सर्व  साधारणलाई समस्या परेको भन्दै नगरपालिकामा निर्वाचन कार्यालय व्यवस्थित गर्न माग गरेको हो  ।

एमालेले काठमाडौंका १३८ वडाबाट निर्वाचन कार्यालयमा आइपुग्न निकै समय लाग्ने र निर्वाचन कार्यालय वरिपरि बिहानदेखि रातिसम्म लाइन बसेर थकित हुनुपर्ने अवस्था रहेको भन्दै नगरपालिकाबाटै मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाउन आग्रह गरेको जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकरी दिएका छन।

ज्ञापन पत्र :

No description available.

तपाइँको प्रतिक्रिया ।