बुढानिलकण्ठ नगरपालिकाका राम्रा काममा नेकपा एसले सघाउने,जनप्रतिनिधिलाई बधाई

बुढानिलकण्ठ नगरपालिकाका राम्रा काममा नेकपा एसले सघाउने,जनप्रतिनिधिलाई बधाई

कपन अनलाइन
काठमाडौं, असार ७।

नेकपा एकीकृत समाजवादीले बुढानिलकण्ठ नगरपालिकाका सकारात्मक र रचनात्मक कामहरुमा आफ्नो पार्टीको साथ र सहयोग रहने बताएको छ।

बुढानिलकण्ठ नगरपालिकामा आयोजित एक कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुखलाई बधाई ज्ञापन गर्दै पार्टीको स्थानीय निर्वाचन प्रतिवदत्ता पत्र हस्तान्तरण गरेको नेकपा एसले नगरमा उने गलत कामको निगरानी र भन्डाफोर तथा राम्रा काममा सघाउने बताएको हो।

बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले नगर प्रमुखलाई औपचारिक रुपमा बधाई दिएपछी बोल्दै बागमती प्रदेस कमिटी सदस्य तथा स्थानीय निर्वाचनमा प्रमुख पदका उम्मेदवार बालकृष्ण श्रेष्ठले नगरपालिकामा सुशासनको सुरुवात प्रमुख र उपप्रमुखको टेवलबाट हुनुपर्ने बताउदै नगर निर्माणको अभियानमा आफ्नो अनुभव र उर्जालाई उपयोग गर्ने प्रतिवदत्ता व्यक्त गरेका थिए।

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरु र आफु एकै परिवारका सदस्य रहेको स्मरण गराउदै नेकपा एसका जिल्ला अध्यक्ष  समेत रहेका प्रदेस सभा सदस्य कार्कीले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिएको सो अवसरमा नेकपा एसका विभिन्न तहका नेता ,कार्यकर्ताहरु सहित बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका  उम्मेदवारहरुको उपस्थिति रहेको थियो।

 

 

 

तपाइँको प्रतिक्रिया ।