क्षति संकलन मंगलबारसम्म, त्यसपछि पहिलो चरणको सहयोग

क्षति संकलन मंगलबारसम्म, त्यसपछि पहिलो चरणको सहयोग

काठमाडौँ बुढानीलकण्ठ नगरपालिकाले बैशाख १२ गतेको भुकम्प र त्यसपछिका पराकम्पनहरुले पु¥याएको क्षतिको विवरण जानकारी गराउन मंगलबारसम्मको समयसीमा थप गरेको छ ।

1-IMG_0148

नगरपालिकाले आफ्ना १७ वटै वडा कार्यालहरु मार्फत मंगलबार सम्म क्षति विवरण संकलन गर्न भनेको छ । पूर्ण क्षतिको विवरण मंगलबारसम्म संकलित भईसकेपछि बुधबार बैठक बसेर पहिलो चरणमा बैकल्पिक वासस्थान नभएकाहरुका लागि अस्थाई वासस्थान निर्माण गर्न नगद १५ हजार प्रदान गरिने बुढानिलकण्ठ नगरपालिका वडा नं १२, १३ र १४ का संयुक्त वडा सचिव श्याम अधिकारीले बताए ।
आईतबारबाट नगरपालिकाले आफ्ना प्राविधिक टोली मार्फत पुनः परीक्षण गर्ने पनि बताइएको छ । यो टोलीको सिफारिसका आधारमा गृहमन्त्रालय मार्फत प्रजिअ र नगरपालिकाका प्रतिनिधि सम्मिलित टोलीले पहिलो चरणको आर्थिक सहयोग गर्ने पनि बताइएको छ ।
त्यसैगरि नगरपालिकाले भत्किन लागेका भवन भत्काउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोग लिइरहेको छ । यदि कसैलाई आफ्नो भत्किन लागेको घर भत्काउन सहयोग चाहिएमा नगरपालिकामा निवेदन दर्ता गरिसकेपछि नगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने पनि नगरपालिकाले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।