कागेश्वरीमा रहेका गैर सरकारी संघ संस्थाहरुलाई बार्षिक कार्यक्रम तथा बजेट पेश गर्न सार्वजनिक सुचना

कागेश्वरीमा रहेका गैर सरकारी संघ संस्थाहरुलाई बार्षिक कार्यक्रम तथा बजेट पेश गर्न सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं ,असार २ । कागेश्वरी मनोहरा नगरपालिकाले  सबै गैर सरकारी संघ संस्थाहरुलाई बार्षिक कार्यक्रम तथा बजेट पेश गर्ने सम्बन्धमा सार्वजनिक सुचना जारि गरेको छ। प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले जेठ ३० गते  जारी गरेको उक्त सुचनामा   कागेश्वरी मनोहरा नगरपालिकामा कार्य क्षेत्र रहेका सम्पूर्ण गैर सरकारी संस्थाहरुले आर्थिक बर्ष २०७९/८० मा संचालन गर्ने आफ्नो कार्यक्रमहरु  कागेश्वरी मनोहरा नगरपालिकाको बार्षिक योजनामा समाबेश गर्नुपर्ने भएकोले सबै गैर सरकारी संघ संस्थाहरुले सात दिन भित्र नगरपालिकाको कार्यालयमा कार्यक्रमहरु त्थाबजेत पेश गर्न अ सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।