विश्व रक्तदाता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाको रक्तदान सम्पन्न

विश्व रक्तदाता दिवसको अवसरमा  मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाको रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असार १। विश्व रक्तदाता दिवसको अवसरमा  मंगलबार मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं ६को कार्यालय प्राङ्गणमा आयोजित उक्त रक्तदान कार्यक्रममा २३ जना पुरुष र ६ जना महिला सहित २९ जना ले रक्तदान गरेको आयोजकले जानकारी गराएको छ ।

  उक्त  रक्तदान कार्यक्रमलाइ  ह्युल्सा महिला समुहको सहयोग रहेको थियो । रक्तदाताहरुलाई काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष  भुवन लामा लगायत जनप्रतिनिधि र आयोजक संस्थाका पदाधिकारीहरुले प्रशंसा पत्र प्रदान गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।