चम्पादेवी गाउँपालिका–७ फूलबारीमा जंगली च्याउ खाँदा र एकै परिवारका दुई जनाको मृत्यु

चम्पादेवी गाउँपालिका–७ फूलबारीमा जंगली च्याउ खाँदा र एकै परिवारका दुई जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३१ ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका दुई जनाको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछाने छन् । ढककुमारीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएको थियो ।

गम्भीर रहेका थप तीनजना ढककुमारीका श्रीमान् २७ वर्षीय राजन विष्ट, हजुरआमा मनमाया विष्ट र ढककुमारीकी नाबालिका छोरी तीन वर्षीया छोरी सरिस्मा विष्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाडौं लगिएको थियो ।

तपाइँको प्रतिक्रिया ।