चन्द्रागिरि नगरपालिकाले साहसिक पर्यटनलाइ प्रवर्द्धन गर्ने : प्रमुख घनश्याम गिरी

चन्द्रागिरि नगरपालिकाले साहसिक पर्यटनलाइ प्रवर्द्धन गर्ने :  प्रमुख घनश्याम गिरी

कपन अनलाइन

काठमाडौँ, जेठ २६।   विश्व बातावरण दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिका मातातिर्थमा रहेको एड्भेन्चर साइकल ट्रेलमा वृक्षारोपण गरिएको छ  ।

चन्द्रागिरि राइडर्स क्लबको आयोजनामा  भएको उक्त वृक्षारोपण कार्यक्रममा  नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।  उक्त वृक्षारोपण कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख गिरीले नेपाल टुरिजम बोर्ड र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा निर्मित उक्त साइकल ट्रेलमा अन्य आवस्यक पुर्वाधारको लागि नगरपालिकाले यसै बर्ष देखि पहल कदमी चाल्ने बताए ।

चन्द्रागिरी नगरपालिका वडा नं ९ मा पनि सो किसिमको साइकल ट्रेल बन्दै गरेको र चन्द्रागिरी नगरपालिका वडा नं ४  मा हाइकिङ मार्ग निर्माणाधिन रहेको कुरा जानकारी गराउदै नगरपालिकाको अन्य सम्भावना बोकेको क्षेत्रमा पनि यसै किसिमका तथा अन्य साहसिक पर्यटनलाइ  प्रवर्द्धन गर्ने योजनालाई अगाडि बढाइने  बताएका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।