गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा  क्षमा पुजा सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा  क्षमा पुजा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, जेठ १९ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४  ४ मा रहेको  गोकर्णेश्वर महादेव मन्दिरमा  क्षमा पुजा गरिएको छ। ऐतिहासिक ,सांस्कृतिक धार्मिक तथा पुरातात्विक महत्व बोकेको प्राचिनतम प्राचिन उत्तरगया पितृमोक्ष धाममा रहेको ब्रम्हाजी द्वारा स्थापित गोकर्णेश्वर महादेव मन्दिरको छाना पुन: निर्माण कार्य समाप्त भइ श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङगीण विकास समन्वय समितिको आयोजनामा  बुधबार गोकर्णेश्वर महादेव मन्दिर परिसरमा क्षमा पुजा ,सुवर्णमय जलधारा तथा १८ पुराण दैनिक ११ आबृति रुद्राभिषेकको एक कार्यक्रमका बीच   समुद्घाटन गरिएको हो ।

छानामा सुनको लेप लगाउने काम गर्दा मन्दिरको पूजा आराधनामा कमी, कमजोरी वा त्रुटि भएको भए क्षमा पाउँ भनी क्षमा पूजा गरिएको हो  ।क्षमा पूजाका क्रममा १८ वटै पुराणको वाचन गरिने मन्दिरको छाना निर्माण समितिले जनाएको छ । कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए उनले आफ्नो कार्यकालमा सकेको काम गरेको र अझै धेरै काम  गर्न बाँकी रहेको हुँदा सबै मिलेर त्यो काम पुरा गर्नु पर्नेमा जोड दिएका थिए

कार्यक्रमको शुभारम्भ गर्दै  प्रतिनिधि सभा सदस्य कृष्णबहादुर राईले धार्मिक कार्यमा जुट्ने गरेको सहभागितालाई धार्मिक पर्यटन प्रवद्र्धनमा पनि उपयोग गरिनुपर्ने बताए । कार्यक्रमलाइ सम्बोधन गर्दैबागमती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले मन्दिर क्षेत्रलाई उत्तरगया धामसम्म आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले मन्दिर क्षेत्रमा थप विकासका लागि सहयोग निरन्तर जारी रहने बताए । गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगर प्रमुख  सन्तोष चालिसेले मन्दिरकै नामबाट नगरपालिकाको नामकरण भएकाले रु छ करोड ५० लाख छानामा सुनको लेप लगाउन सहयोग गरिएको बताए ।

छानामा सुनको लेपसँगै धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक काम गर्ने वडा नं ४ का नव निर्वाचित वडा अध्यक्ष जयराम महतले बताए । छाना निर्माण समितिका अध्यक्ष कोमलबहादुर विष्टले छानामा सुनको लेप लगाउन १५ किलो सुनसहित करिब रु १८ करोड खर्च भएको जानकारी दिए । कार्यक्रममा कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।  कार्यक्रम संचालन  इश्वर पाण्डेले गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।