Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/05/282013711_3189391241316706_2513414753431050720_n-1024x767.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/05/284453302_3189391461316684_2343272650188964487_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नव निर्वाचित जनप्रतिनिधिलाइ गोकर्णेश्वर युवा उपकार क्लबको बधाई तथा सम्मान

कपन अनलाइन

काठमाडौँ, जेठ १७। गणतन्त्र दिवसको अवसर पारेर गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले स्थानीय तहको निर्वाचन बाट नव निर्वाचित जन प्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार क्लबको सभाहलमा  गोकर्णेश्वर युवा उपकार क्लबका संस्थापक  अध्यक्षमनागल दास श्रेष्ठको  अध्यक्षता  भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसाल, उप प्रमुख सानान्नी लामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत, वडा सदस्यहरु कृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ, गौरी श्रेष्ठ, सुनिता परियारलाइ  निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको हो।

 कार्यक्रममा गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परियार ,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का निवर्तमान अध्यक्ष श्रीकुमार श्रेष्ठ, गोकर्णेश्वर युवा उपकार क्लबका पूर्व अध्यक्ष तथा  सल्लाहकार हरिकृष्ण श्रेष्ठ, गोबिन्द बहादुर श्रेष्ठ, राजकुमार श्रेष्ठ,विजय कुमार श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ सहित क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । २०४६ सालमा स्थापना भएको गोकर्णेश्वर युवा उपकार क्लबले बिभिन्न  सामाजिक  क्रियाकलाप गर्दै आएको छ । कार्यक्रममा क्लबलाई आजको दिन सम्म ल्याउन महत्वपूर्ण  योगदान दिने ब्यक्तिहरुलाई समेत सम्मान गरिएको  थियो।

कार्यक्रमलाइ सम्बोधन गर्दै नव निर्वाचित नगर प्रमुख दिपक रिसालले  मतदातालाइ धन्यबाद दिदै गोकर्णेश्वरलाइ  सुन्दर शान्त समृद्ध गोकर्णेश्वर बनाउनका लागि जनताले दिएको बिश्वासलाई मर्न नदिने बताएका छन । नगरपालिका भित्र बिभिन्न खालका समस्या रहेका छन, ति समस्या समाधानका लागि सदैव तयार रहने र  समस्या समाधानका लागी कन्जुस्याई नगरि काम गर्ने प्रतिबद्धा जनाएका छन । उनले साझा ढंगले सबै संग सल्लाह गरेर नै  अघि बढ्ने बताएका छन ।कार्यक्रममा नव निर्वाचित नगर उप प्रमुख सान्नानी लामा, वडा अध्यक्ष जयराम महत लगायतले आफु जनताको मालिक नबनी सेवक बनेर जनताको चाहना अनुसारको काम गर्नबाट कहिल्यै पछि नहट्ने प्रतिबद्धता जनाएका थिए  ।

तपाइँको प्रतिक्रिया ।