बुढानिलकण्ठको मत गणना स्थल कहाँ छ र कसरि पुग्ने ?

बुढानिलकण्ठको मत गणना स्थल कहाँ छ र कसरि पुग्ने ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २९।

बुढानिलकण्ठ नगरपालिकाको मत गणना स्थल पुग्ने मार्ग र स्थलका वारेमा अहिले धेरैलाई जिज्ञाशा रहेको छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाका सबै मतदान केन्द्र र बुथको मत गन्ने स्थान वडा नं २ को जेष्ठ नागरिक पार्क संगै रहेको छ।

कसरि पुग्ने मत गणना स्थल ?  

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको मत गणना स्थलमा पुग्ने मुख्य तिन मार्ग रहेका छन।

पहिलो मार्ग :

बुढानिलकण्ठ नगरपालिका वडा नं २ को चपली घुम्ती बाट स्वास्थ्य केन्द्र हुँदै मत गणना स्थलमा पुग्न सकिन्छ।

दोश्रो मार्ग : 

वडा नं २ को चपली घुम्ती बाट चुनिखेल जाने सडकको ओरालो बाट दाहिने तर्फको सानो सडक हुँदै पनि मत गणना स्थल पुग्न सकिन्छ।

तेश्रो मार्ग :

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को सुन्दरबस्ती बाट वडा नं २ को सुन्दरटार,कालिका पार्क हुँदै चपली सामुदायिक भवन अगाडी बाट पनि मत गणना स्थल पुग्न सकिन्छ ।

 

तपाइँको प्रतिक्रिया ।