गोकर्णेश्वर महादेव मन्दिर दर्शन गरि शुरु गर्यो नेपाली काँग्रेस गोकर्णेश्वर – ४ ले चुनावी घरदैलो

गोकर्णेश्वर महादेव मन्दिर दर्शन गरि शुरु गर्यो नेपाली काँग्रेस गोकर्णेश्वर – ४ ले चुनावी घरदैलो

कपन अनलाइन

काठमाडौं, बैशाख २४ । स्थानीय तह निर्वाचन मिति नजिकिए सँगै चुनावी गतिविधिले पनि तिव्रता पाएको छ । विभिन्न राजनीतिक दलहरु मतदाता भेटघाटमा व्यस्त छन। यस्तैमा नेपाली कांग्रेस गोकर्णेश्वर ४ले  पनि शुक्रबार बाट औपचारिक चुनाबी अभियान शुरु गरेको छ।   नगर प्रमुखका उम्मेदवार दिपक रिसाल उप प्रमुखका उम्मेदवार शान्ती नेपाल वडा अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठ सहित वडा सदस्यहरुले गोकर्णेश्वर महादेव मन्दिर  दर्शन गरि प्रचार प्रसार एबम घरदैलो शुरुवात गरेका हुन ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सन्तोष चालिसे, प्रदेश ख सभापति बिमल ठकुरी लगायतले फुल माला लगाएर विजयको शुभकामना दिएका थिए ।  उक्त कार्यक्रममा ५ जना नेपाली कांग्रेसमा प्रवेश समेत गरेका थिए पार्टी प्रवेश गर्नेहरुलाई क्षत्रीय सभापति सन्तोष चालिसेले पार्टीमा स्वागत गरेका थिए।  पार्टीको झण्डा, चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित वडाका स्थानीय र पार्टीका नेता, कार्यकर्तासहित  गोकर्णबाट शुरु गरेको उक्त घरदैलो माकलबारी,देशे, उत्तरबाहिनी लगायतको क्षेत्रमा  रुख चिन्हका उम्मेदवार पुगिरहँदा मतदाताहरुले स्वागत गर्दै विजयको शुभकामना ब्यक्त गरेका थिए ।

ऐतिहासिक धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेको गोकर्णेश्वर ४ लाइ ग्रामिण शहरीकरणका रुपमा विकास गर्ने योजनाका साथ अगाडी बढेको वडा अध्यक्षका उम्मेदवार ज्ञानकुमार श्रेष्ठले जानकारी गराए ।  घरदैलो अभियान लाइ तिब्र बनाएको नेपाली कांग्रेस वडा नं ४  ले  मतदाताहरु संग भेट गरेर उनिहरुका समस्या बुझ्ने अभियान थालेका हुन् ।  गोकर्ण  बाट घर दैलो अभियान शुरु गरेको नेपाली कांग्रेस गोकर्णेश्वर ४ ले शिक्षा, स्वास्थ्य,कृषि , कला संस्कृति, खानेपानी  विकास, सुशासन, लगायतका बिभिन्न समस्या समाधान लगायतको एजेण्डालाई प्राथमिकतामा राखेको अध्यक्षका उम्मेदवार श्रेष्ठले बताए ।

अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठसहित सो वडामा वडा सदस्यको उम्मेदवारको रुपमा राजेश श्रेष्ठ, कृष्ण श्रेष्ठ रेखा बस्नेत र सुनिता परियार चुनावी मैदानमा रहेका छन। उम्मेदवारहरुले वडा तथा नगर बिकासको योजना र प्रतिबद्धता साथ घर चुनावी घरदैलो शुरु गरेको बताएका छन । उम्मेदवार सहित घर दैलोमा जाँदा स्थानीयले नेपाली कांग्रेसका  उम्मेदवारलाइ मत दिने प्रतिबद्धता ब्यक्त गरेको वडा अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले  कपन अनलाइनलाइ जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।