बुढानिलकण्ठको कुशल कमान्डर बन्न सक्छन बालकृष्ण श्रेष्ठ : सरोज श्रेष्ठ

बुढानिलकण्ठको कुशल कमान्डर बन्न सक्छन बालकृष्ण श्रेष्ठ : सरोज श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १९।‌‌

अहोरात्र जिवनको ४ दशक नेपाल कम्युनिष्ट आन्दोलनमा सकृय रहदै आउनु भएका  आत्मियता भाव राख्ने, दुरदर्शिता भएको र विपक्षीलाई सजिलै आफ्नो अनुकुल बनाउन सक्ने कुसल कमान्डर हुन् बालकृष्ण श्रेष्ठ।

बुढानिलकण्ठका सम्पुर्ण युवा , कृषक , अन्तर जातिय, अन्तर धार्मिक ( हिन्दु , ईसाई, मुस्लिम र बौध्द ), धर्मावलम्बीहरू , उत्पिडित, दलित, क्षेत्री , बाहुन , तामाङ् , राई लिम्बु लगायत सम्पुर्ण नगर बासिन्दाहरु नै लागि परेको अवस्थामा जेष्ठ नागरिकहरु जो सभा सम्मेलनमा समेत भाग लिन नसक्नेहरुले समेत बैशाख ३० गत्ने हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदको उम्मेदवार रहेका  उनलाई  आशिर्वाद सहित बिजयको कामना गरेका छन्।‌‌

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षका रुपमा ५ वर्ष सफलता पुर्वक काम गरेका श्रेष्ठ साविक विष्णु बुढानिलकण्ठ गाविसका अध्यक्ष रहेका थिए।‌‌

नगर प्रमुख पदका  प्रत्यासी बिनोद चालिसे र मिठाराम अधिकारीको तुलनामा सामाजिक सकृयता र अनुभवी,कुशल इमान्दार ,जन समर्पित एवं जनसेवक उत्तरी भेगका कम्युनिष्ट पार्टीका कार्यकर्ता पुराना श्रेष्ठ  स्वास्थ्य,शिक्षा ,खेलकुद,वातावरण,सरसफाई,धार्मिक,सामाजिक आदि हरेक क्षेत्रमा कृयाशील सामाजिक अभियन्ता हुन।‌‌

दिनरात नभनि आफ्नो नगरबासी तथा नेपाली नागरिकलाई सहयोग गर्दै आएका उनले आध्यात्मिकताले जिवन सन्तुलन , सुबिधा सम्पन्न स्वास्थ्य चौकि स्थापना , जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य सुविधा, शिक्षाले शान्ति र समृद्धिलाई आफ्नो मुल कार्यभार मानेका छन।

नेवार समुदायले मात्र नभई अरु समुदायले पनि अत्याधिक मन पराउने श्रेष्ठले नगरपालिकाको सुशासन , कर्मचारी व्यवस्थापन जनमुखी सेवामा दखल राख्ने  राम्रो दक्षता भएका उम्मेदवार हुन्।

पार्टी विभाजन हुँदा छोटो समयावधिमा संगठन बिस्तार , पार्टी प्रवेश गराउने जस्ता लोकप्रिय कामले पार्टीमा मात्र नभई जनतामा समेत छुट्टै छवि बनाए श्रेष्ठ नगरपालिकाको नेतृत्व गर्न सक्ने कुशल कमान्डर बन्न सक्छन ।

तपाइँको प्रतिक्रिया ।