नेपाली कांग्रेस बुढानिलकण्ठ ११ को चुनाबी घरदैलो आज बाट शुरु

नेपाली कांग्रेस बुढानिलकण्ठ ११ को चुनाबी घरदैलो आज बाट शुरु

कपन अनलाइन

काठमाडौं बैशाख १८ । स्थानीय निर्वाचनको सरगर्मी बढेसंगै राजनीतिक दलहरुले घरदैलो अभियानलाई तीब्र पारेका छन् । नेपाली कांग्रेस  बुढानिलकण्ठका मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारले पनि आजबाट घरदैलो अभियान शुरु गरेका छन।   बुढानिलकण्ठ नगरपालिका ११ बाट घर दैलो कार्यक्रम शुरुवात गरिएको हो ।वडा वडामा निर्वाचन परिचालन समिति बनाएर नेपाली कांग्रेसले चुनाबी प्रचार अभियानमा होमिएको हो।

कांग्रेस जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा परिचित रहँदै गर्दा विजयी हुने सुनिश्चितताका साथ मत माग्न बुढानिलकण्ठ नगरपालिका वडा नं ११ स्थित बंगलामुखी मन्दिरमा बाट अभियान शुरु गरिएको नेपाली कांग्रेस बाट वडा नं ११ का वडा अध्यक्षका उम्मेदवार  राधेश्याम कार्कीले जानकारी दिए।

उक्त घरदैलो कार्यक्रममा नगरप्रमुखका उम्मेदवार  बिनोद चालिसे उप प्रमुखकी उम्मेदवार रमिला वाग्ले वडा अध्यक्षका ऊमेद्वार राधेश्याम कार्की महिला सदस्यसर्मिला गौतम केसी ,दलित महिला सदस्य गंगा परियार खुल्ला सदस्य राजेन्द्र कुमार अधिकारी र समर गुरुङ लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

मत माग्न वडा नं  ११   पुगेका उम्मेदवारहरुले  वडा तथा नगर बिकासको योजना र प्रतिबद्धता साथ घर चुनावी घरदैलो शुरु गरेको बताएका छन । उम्मेदवार सहित घर दैलोमा जाँदा स्थानीयले  नेपाली कांग्रेसका उम्मेदवारलाइ मत दिने प्रतिबद्धता ब्यक्त गरेको वडा अध्यक्षका उम्मेदवार राधेश्याम कार्कीले  कपन अनलाइनलाइ जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।