टोखा नगरपालिका वडा नं ४मा कस्तो बन्यो माओवादी केन्द्रको टिम ?

कपन अनलाइन

काठमाडौँ, बैशाख १३|   टोखा नगरपालिका वडा नं ४  मा  माओवादी केन्द्रका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन | टोखामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं ४  को अध्यक्षमा रमेश श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन।

त्यस्तै वडा नं ४  को खुल्ला सदस्यमा माओवादी केन्द्रका सुरेन्द्र श्रेष्ठ र चेत बहादुर थापाले उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्य पदमा सीता प्याकुरेल उम्मेदवार बनेकी छन।सो वडाको दलित महिला सदस्य पदमा माओवादी केन्द्रकी सुनिता बिष्ट बि.क  उम्मेदवार बनेकी छन।

तपाइँको प्रतिक्रिया ।