भ्यालेन्सियाका खेलाडीले लगाए नेपाली अक्षर लेखिएको जर्सी, हेर्नुहोस् फोटोफिचर

भ्यालेन्सियाका खेलाडीले लगाए नेपाली अक्षर लेखिएको जर्सी, हेर्नुहोस् फोटोफिचर

गत वैशाख १२ को महाभूकम्प र त्यसपछि आएका पराकम्पका कारण नेपालमा ठुलो क्षति पुगेको छ । क्षतिबाट लाखौ मानिस घरबिहिन भएका छन् भने हजारौ मानिसको मृत्यु भएको छ ।

पुनर्निमाण र राहतको लागि देश विदेशका संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ । यसैक्रममा स्पेनिस क्लब भ्यालेसिन्यासले अनौठो किसिमले नेपालको लागि सहयोग संकलनको उपाय अपानाएको छ ।

Valencia-CF-1

आइतबार रातिको ला लिगाअन्तर्गत सेल्टा डि भिगोबिरुद्धको खेलमा भ्यालेन्सियाका खेलाडीले नेपाली अक्षरमा नाम लेखिएको जर्सी लगाएर मैदान उत्रिए । उक्त खेल एक–एक गोलको बराबरीमा सकिएको थियो । भ्यालेन्सियाका अनुसार नेपाली अक्षरमा लेखिएको उक्त जर्सी लिलामीमा राखिनेछ । लिलामीमा उठेको रकम अन्तर्राष्ट्रिय रेडक्रसमार्फत नेपालमा पठाइने भ्यालेन्सियाले जनाएको छ । हेर्नुहोस् फोटोफिचर :

साभारः(ओएनएस)

तपाइँको प्रतिक्रिया ।