गोकर्णेश्वर -३ को वडा सदस्य पदमा नेपाली कांग्रेसका रामकृष्ण श्रेष्ठको दावी

कपन अनलाइन

काठमाडौं, बैशाख ८ ।स्थानीय तहको निर्वाचनको माहोल निकै तातेको छ । दलहरु पार्टीका संगठन सुदृढ गर्न देखि लिएर आफ्ना कार्यकर्ता बीच भेटघाटमा व्यस्त देखिन्छन् । सबै दलले आफ्नो पार्टी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पहिलो हुने दाबी गरिरहेका छन् । गठबंधनका लागि पनि सहमति जुटाउन जुटेका छन् । यस्तैमा नेपाली कांग्रेस   गोकर्णेश्वरले  पनि सो कार्यलाई निरन्तरता दिदै भेटघाट र छलफल तिब्र बनाएको छ । गठबन्धनको लागि नेताहरु सहमति जुटाउन लागि परेका छन ।

स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्न केहि दिन मात्र  बाँकी छ । मनोनयन दर्ताको समय नजिकीदै गर्दा राजनीतीक दलहरूले आफ्ना उम्मेदवार टुंग्याउन सकेका  छैनन  ।  स्थानीय तहको  वडा देखि पालिका सम्म नेतृत्वको दाबी गर्नेहरुको संख्या बढ्दै गएको छ । उम्मेदवारमा दाबेदारी प्रस्तुत गर्नेहरु धेरै भएपछि पार्टीहरुलाई उम्मेदवारको टुंगो लगाउन कठिन भएको देखिन्छ ।यसै बीच गोकर्णेश्वर नगरपालिका वडा नं ३   मा नेपाली कांग्रेस बाट वडा सदस्यमा समाजसेवी एबम इकाई उप सभापति रामकृष्ण श्रेष्ठले  दावी गरेका छन ।

सामाजिक, राजनीतिक क्षेत्रमा क्रियाशिल श्रेष्ठ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बाट गोकर्णेश्वर ३ को वडा सदस्य पदका लागि दाबी  गरेका हुन ।लामो  समय देखि नेपाली कांग्रेसमा सक्रिय रहदै आएका श्रेष्ठ  सबैको  साथ र सहयोगले   वडा सदस्य पदमा चुनाव जित्ने दरिलो आधार रहेको बताउछन । सबैसँग सन्तुलित व्यवहार गर्दै आएका श्रेष्ठले  विपक्षीको मतसमेत  तान्न  सक्ने खुबी रहेको दावी गर्दै  उम्मेदार भएमा जित्ने बताउछन  । यसपालिको निर्वाचनमा हाम्रो लाई होइन राम्रोलाई, भिजन भएकालाई  भोट दिन्छन  भन्नेमा बिस्वस्त हुदै, इमान्दारिता, निष्पक्षता र जनमतका आधारमा  वडा सदस्य पदमा आफ्नो दाबि रहेको बताएका छन  ।समाज र जनभावना अनुसार सभ्य र विकसित समाज निर्माणमा युवा भुमिका महत्वपूर्ण हुने र युवा नेतृत्व आजको आवश्यकता रहेको भन्दै वडा अध्यक्ष पदमा उम्मेदवारी दिने उनले बताएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।