बुढानिलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका दुवै महिला हुने सम्भावना !

बुढानिलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका दुवै महिला हुने सम्भावना !

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ५।

बुढानिलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका दुवै महिला हुने सम्भावना देखिएको छ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हालकी नगर उपप्रमुख रमा राईले नगर प्रमुख पदमा दावेदारी गरे संगै दुवै पदमा महिला उम्मेदवार हुने सम्भावना बढेको हो।

अखिल नेपाल महिला संघले काठमाण्डौका चार नगरपालिकाका प्रमुख पदमा महिला नेतृत्व हुनुपर्ने माग राखेपछी नगर प्रमुख पदको दौडमा रमा राई दरिलो तरिकाले लागे संगै दुवै पदमा महिला उम्मेदवार हुनसक्ने चर्चा बुढानिलकण्ठमा चलेको छ।

बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुख पदमा कुनै पनि पुरुष दावेदार नरहेको अवस्थामा दुई पदम महिला उम्मेदवार हुन् सक्ने सम्भावना बढेको आंकलन गर्न थालिएको छ।

बुढानिलकण्ठ नगर प्रमुख पदको दौडमा उपप्रमुख राई संगै प्रमुख उद्दव प्रसाद खरेल ,मिठाराम अधिकारी, बिदुर विक्रम खड्का ,संगम गहतराज ,जयराम थापा अगाडी देखिएका छन भने उपप्रमुखमा बिन्दा गौतम ,भगवती निरौला ,सुनिता गुरुङ ,लक्ष्मी न्यौपाने र मन्जु श्रेष्ठले दावी गरेका छन।

अहिले दावेदारहरु विचमा छलफल र कार्ययोजना माथि बहस भैरहेको अवस्थामा नगर प्रमुख पदमा टुंगो लागे संगै उपप्रमुख पदमा पनि दावेदारको परिवर्तन हुन् सक्ने अवस्था रहेको नगर कमिटीका एक पदाधिकारीले बताएका छन।

निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले दावी गरेपनि नगर प्रमुखमा महिला उम्मेदवार हुँदा पुरुष उम्मेदवार उपप्रमुखमा आउने सम्भावनालाई पनि नकार्न नसकिने भन्दै उनले गठबन्धनको भागबन्डा र उम्मेदवारीले पनि नेकपा एमालेका दावेदारहरु भन्दा फरक उम्मेदवार बन्न सक्ने अवस्थालाई नजर अन्दाज गर्न नसकिने बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाका राजनीतिक दलका अगुवाहरुले आफ्ना राजनीतिक स्वार्थ सिद्धि गर्न र राजनीतिक भविष्य जोगाइ राख्न प्रतिपादन गरेको ” धोवीखोला खोला वारी र खोला पारी ” को सिदान्तले पनि आगामी निर्वाचनमा उम्मेदवारी चयनमा भूमिका खेल्ने भएकोले बैशाख १२ गते अपरान्ह ५ बजे मात्र उम्मेदवार टुंगो लाग्ने एक बुद्दिजीवी बताउछन।

 

तपाइँको प्रतिक्रिया ।