सिन्धुपाल्चोकको माङ्खा र धुस्कुनका लागि अमेरिकामा सहयोग जुटाउँदै नाम्लो इन्टरनेसल

सिन्धुपाल्चोकको माङ्खा र धुस्कुनका लागि अमेरिकामा सहयोग जुटाउँदै नाम्लो इन्टरनेसल

कपन अनलाइन\ ३ जेष्ठ, २०७२

सन् १९९९ मा सिन्धुपाल्चोकवासीको सहयोगका लागि स्थापित भएको नाम्लो इन्टरनेसन भन्ने अन्तराष्टिय गैरसरकारी संस्था यतिखेर भुकम्प पिडितका लागि सहयोग जुटाइरहेको छ । शिक्षा, महिला सशक्तिकरण र कृषिका क्षेत्रमा सिन्धुपाल्चोक जिल्लाको माङ्खा र धुस्कुन गाविसमा लामो समयदेखि काम गर्दै आएको यस संस्थाले आफ्नो कार्यक्षेत्रका जनसामान्यलाई दैवी विपत् परेको बेला भरसक्य धेरै सहयोग गर्नका लागि अमेरिकामा सहयोग जुटाइरहेको हो । अमेरिकाको कोलोराडो डेनभर सहरमा नेपाली हातले बनाएका सामान बेच्दै सहयोग जुटाइरहेका नाम्लो इन्टरनेसलका कार्यकारी निर्देशक किथ फ्रस्टोले कपन अनलाइनसँगको भेटमा नेपालीहरुको मर्कामा आफू चूप लागेर बस्ने नसकेको केही पैसा जुटाइरहेको बताए ।

11267267_10206837720761077_535438867_n
कार्यकारी निर्देशक किथ फ्रेस्टो र प्रोग्राम कोर्डिनेटर अधिक बडाल(दायाँबाट क्रमशः)

किथका अनुसार माङ्खा, धुस्कुनलगायत केही अरु गाविसमा ६०० वटा अस्थायी नयाँ घर बनाउने तयारी भैरहेको छ । उनले यस कार्यका लागि पैसा एवम् सहायता जुटाउन कोलोराडो कोलिसन ग्रुप खोलेका छन् । यो ग्रुप नेपालसँग नाता भएका सबै संस्था एवम् व्यापारिक व्यक्तिहरुको समूह हो ।

नाम्लो इन्टरनेसलले सिन्धुपाल्चोकमा यसअघि आर्थिक सशक्तिकरणको काम पनि गर्दै आएको छ । ९० को दशकको अन्त्यतिर स्पेनकी माग्दा किङ भन्ने महिला नेपालको ८००० मिटरमाथिको हिमाल चढ्न नेपाल पुगेकी थिइन् । सोही अवसरमा माग्दाले नेपाली महिलाको सशक्तिकरण, शिक्षा र अर्थमा केही सहयोग पुर्याउने सोच बनाएपछि नाम्लो इन्टरनेसल स्थापित भएको हो । माग्दा स्पेनबाट ८००० मिटरमाथिको शिखर चढ्ने पहिलो र एकमात्र महिला पनि हुन् । नेपालमा सहयोग जुटाउन उनी यतिखेर पनि युरोपमा सक्रिय छिन् ।

नाम्लो ले नेपालको सिन्धुपाल्चोकसहित तनहुँ जिल्लामा पनि आफ्नो कार्यक्षेत्र बिस्तार गरेकोछ । यस संस्थाको अमेरिकास्थित लेकवुड, कोलोराडोमा मुख्य कार्यालय रहेको छ भने स्पेनमा नाम्लो युरोपा भनेर अर्काे कार्यालय रहेको छ । नाम्लो इन्टरनेसलले नेपालसहित निकारागुवामा आफ्नो सहयोग एवम् सशक्तिकरणको कार्यक्रम संचालन गरिरहेको किथले बताए ।

नेपालको सिन्धुपाल्चोक जिल्लाको मांखा गाविसमा नाम्लो इन्टरनेसनलले कामधेनु स्कूलको सुबिधासम्पन्न भवन बनाइदिएको छ । त्यसैगरी यस क्षेत्रका धेरै विद्यार्थिलाई बोर्डिङ स्कूलमा निःशुल्क पढाईको व्यवस्था गरिरहेको छ । महिलाहरुलाई ढाकाको बिभिन्न बस्तुहरु उत्पादन गर्न लगाएर अमेरिका युरोपमा बेच्दै महिलाहरुको आर्थिक पक्षलाई मजबुत बनाइरहेको नाम्लो इन्टरनेसनलको मूख्य कार्यालयका प्रोग्राम कोर्डिनेटर अधिक बडालले कपन अनलाइनलाई बताए । कफि खेतीलगायत बिभिन्न कृषि उपजमा पनि नाम्लोले स्थानीयलाई सहयोग गरिरहेको बडालले बताए । काभ्रे निवासी बडालका अनुसार ६०० वटा घरको अलावा अहिले पनि सिन्धुपाल्चोकको मांखा र धुस्कुनबासीहरुलाई राहतका प्याकेज नियमित बाँडिरहेको बताए । ६०० वटा घर निर्माणका लागि कार्यकारी निर्देशक किथ मे महिनाको ३१ तारिख नेपाल जाने तयारीमा छन् ।

11258616_10206837720441069_1202795745_n
कपन अनलाइनका सम्पादकसँग कुरा गर्दै किथ फ्रेस्टो
तपाइँको प्रतिक्रिया ।