बुढानिलकण्ठ-६ मा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस ,को को परे ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २८ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सर्वसम्मत सिफारिस गरेको छ।
वडा नं ६ मा भएको संगठित सदस्य भेलाले अध्यक्षमा नेकपा एमालेका रवी खड्का र महिला सदस्यमा मुना महर्जन सर्वसम्मत सिफारिस भएका छन भने सदस्यमा नानू श्रेष्ठ (खड्का ) र रन्जु कार्की (खत्री ) को नाम सर्वसम्मत सिफारिस गरिएको छ।
स्थानीय तहको निर्वाचनका लागि दलित महिला सदस्यमा रमा परियार सर्वसम्मत सिफारिस भएकी छन ।
तपाइँको प्रतिक्रिया ।