चम्पादेवी गाउँपालिका वडा नं ५ को अध्यक्षमा नेपाली कांग्रेसका तिन जनाको नाम सिफारिस

चम्पादेवी गाउँपालिका वडा नं ५ को अध्यक्षमा नेपाली कांग्रेसका तिन जनाको नाम सिफारिस

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २४ ।

२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै चम्पादेवी गाउँपालिका वडा नं ५ को अध्यक्षमा तिन जनाको नाम सिफारिस गरिएको छ।

नेपाली काङ्ग्रेस वडा कार्यसमितिको बैठक टिम जनाको नाम वडा समितिले वडा अध्यक्ष पदका लागि  तिन जनाको नाम सिफारिस गरेको हो।

को को सिफारिस भए ? 

१.मनोज बुढाथोकी

नेपाली कांग्रेस चम्पादेवी गाउँपालिकाका युवा नेता मनोज बुढाथोकी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फ बाट चम्पादेवी गाउँपालिका वडा नं ५ को अध्यक्ष पदका सम्भावित दावेदारका रुपमा रहेका छन।

चैत १७ गते २१  बर्ष पूरा गरेका  नेपाल विद्यार्थी संघ ओखलढुंगाका सदस्य समेत रहेका बुढाथोकीको राजनीति संगै विकास निर्माण र सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहेका छन।

२. मोहन कु तामाङ

तामाङ पनि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फ बाट चम्पादेवी गाउँपालिका वडा नं ५ को अध्यक्ष पदका सम्भावित दावेदारका रुपमा रहेका छन।

चम्पादेवी गाउँपालिका वडा नं ५ का  सभापति तामाङ्ग  २०७४ सालको निर्वाचनमा माओबादिका उम्मेदवार संग मात्र २६ मतले वडा अध्यक्षमा पराजित भएका थिए  ।

३. अकं तामाङ

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फ बाट चम्पादेवी गाउँपालिका वडा नं ५को अध्यक्ष पदका सम्भावित दावेदारका रुपमा रहेका छन।

लामो समय देखि राजनीतिमा सक्रिय युवा तामाङ्गले  समाजसेवाको क्षेत्रमा पनि योगदान दिएका छन।

तपाइँको प्रतिक्रिया ।