गोकर्णेश्वर युवा जागरण क्लब (GFG) गोकर्णेश्वर ४ ले उत्तरबाहिनी चोकमा नि:शुल्क आँखा जांच शिविर गर्ने

कपन अनलाइन

काठमाडौं, चैत्र २१ । गोकर्णेश्वर नगरपालिका वडा नं ४मा नि:शुल्क आँखा जांच शिविर हुने भएको छ नगरपालिकाको सहयोगमा गोकर्णेश्वर युवा जागरण क्लब (GFG) गोकर्णेश्वर ४  ले १८ बर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरि  नि:शुल्क आँखा जांच शिविर गर्ने भएको हो। चैत्र २६ गते बिहान गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी चोकमा बिहान १० बजे देखि  शुरु हुने उक्त कार्यक्रममा सहभागी भई आँखा परिक्षण गर्न गोकर्णेश्वर युवा जागरण क्लब (GFG)का अध्यक्ष विकेश श्रेष्ठले अनुरोध गरेका छन  ।प्रविधिको विकास र पहुँचका कारण बालबालिकाहरुले मोबाइल, ल्यापटब, टेलिभिजन एवं कम्प्युटरको अत्यधिक प्रयोग गर्ने हुँदा उनीहरुको आँखामा नकारात्मक असर पुगीरहेको अवस्थालाई मध्यनजर गरेर उक्त कार्यक्रम संचालन गर्न लागेको अध्यक्ष श्रेष्ठ बताउछन ।

कोरोना महामारीको समय लामो समय  अनलाइन क्लासका कारण बालबालिकाको आँखामा समस्या देखिएको हुनसक्ने भएकोले पनि त्यो समस्या न्यूनिकरण गर्न  बालबालिकालाई लक्षित गरि आँखा परिक्षण कार्यक्रम संचालन गर्न लागिएको हुँदा उक्त कार्यक्रममा सहभागी भई आँखा परिक्षण गर्न उनले अनुरोध गरेका छन  ।२०७० सालमा स्थापना भएको सो क्लब खेलकुदको साथै बिभिन्न सामाजिक क्रियाकलापमा सक्रिय हुदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।