नेपाली कांग्रेस बुढानिलकण्ठ -१० को उम्मेदवारी घोषणामा “लफडा”
कपन अनलाइन
काठमाडौं चैत्र २१ ।
२०७९ साला बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा उम्मेदवार घोषणा गर्न भएको बैठकमा केहि बेर “लफडा” भएको छ।
नेपाली कांग्रेसका तर्फ बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्ष पदमा डोर प्रसाद आचार्य र दलित महिला सदस्यमा तारा नेपालीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको सो भेलामा नेताहरु विच आरोप प्रत्यारोप हुँदा केहि समय लफडा सृजना भएको छ।
वडा अध्यक्ष र दलित महिला सदस्यको सर्वसम्मत सिफारिस गर्दै सदस्यमा सोनु लामा ,किरण गुरुङ ,कालिका श्रेष्ठ ,शेर बहादुर श्रेष्ठ ,विद्या ज्ञवाली ,कल्पना चन्द ,श्याम तिमल्सिना ,सुनिता खड्का ,मिना पोखरेल ,मनिष थापा ,भेष बहादुर डोटेल ,टिका प्रसाद उपाध्याय ,नेत्र प्रसाद भट्ट र तिर्थराज भट्टराईको नाममा छलफल चलेको सो बैठकमा दुई प्रभावशाली नेतृहरु विच भनाभन हुँदा त्यहाको माहोल निकै तातेको एक नेताले जानकारी दिएका छन।
उम्मेदवार सिफारिस पछी भएको छलफलमा नेपाली कांग्रेसकी महाधिवेसन प्रतिनिधि तथा नगर प्रमुख पदकी आकांक्षी मिना पराजुली र तरुण दल वडा नं १० की अध्यक्ष तथा उपप्रमुख पदकी आकांक्षी पवित्रा पोखरेल विच दोहोरि चलेको जानकारी दिदै ति नेताले केहि समय रमाइलो भएको भन्दै व्यंग्य समेत गरेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा भएको घात र अन्तर्घातका विषयमा बहस हुँदै जाँदा माहोल निकै आक्रामक बनेर पक्ष विपक्ष हुने अवस्था आए पछी त्यहाँ उपस्थिति नेता तथा कार्यकर्ताहरुको प्रयासमा साम्य पारिएको श्रोतले जानकारी दिएको छ।