गोकर्णेश्वर नगरपालिका वडा नं ९ अध्यक्ष : को को छन नेपाली कांग्रेसका सम्भावित उम्मेदवारहरु ?
कपन अनलाइन
काठमाडौं, चैत्र २१ । बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै गोकर्णेश्वर नगरपालिका वडा नं ९ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित सबै वडा सदस्य जितेको सो वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ ।
नेपाली कांग्रेसको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ९ को अध्यक्ष पदमा दावी गर्न सक्ने सम्भावित नेताहरुको वारेमा चर्चा परिचर्चा सुरु भएको छ। नेपाली कांग्रेसको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्ष पदमा दावेदारी दिन सक्ने सम्भावित नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१.राजिब थापा
नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ९ का इकाई सभापति समेत रहेका राजिब थापा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ९ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहमा ५९४ मत सहित वडा नं ९ को अध्यक्षमा विजयी बनेका थापा राजनीति संगै विकास निर्माणको साथै सामाजिक अभियान पनि उत्तिकै सक्रिय रहेका छन।
२. राजेश थापा
नेपाली काँग्रेसको १४ औं अधिवेशनमा काठमाडौं क्षेत्र नं ३ क बाट सचिबमा निर्वाचित भएका राजेश थापा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ९ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
उनि लामो समय देखि बिभिन्न संघ संस्थामा आवद्ध हुदै राजनीति संगै विकास निर्माण र समाजसेवामा सक्रिय रहदै आएका छन ।