बुढानिलकण्ठको नगर प्रमुखमा नेपाली कांग्रेसका दुई युवा “सचिव” को दावी

बुढानिलकण्ठको नगर प्रमुखमा नेपाली कांग्रेसका दुई युवा “सचिव” को दावी

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २१।

२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका प्रमुख पदका लागि नेपाली कांग्रेसका दुई युवा “सचिव” हरुले दावी गरेका छन।

सिमित नेता र समितीमा मात्र छलफल गरेर उम्मेदवार सिफारिस गर्ने पुरानो प्रचलन परिवर्तन गर्दै नगर प्रमुख र उपप्रमुखका आकांक्षीहरुको नाम वडा समिती संग मागेर  उम्मेदवार हुन् इच्छुक नेताहरु संग अन्तरक्रिया गरेको नेपाली कांग्रेस बुढानिलकण्ठका दुई युवा नेताले प्रमुख पदको दावी गरेका हुन्।

१. दामोदर भट्टराई ( बद्री )

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सचिव दामोदर भट्टराई ( बद्री ) ले पनि आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदको लागि दावी गरेका छन।

नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएका प्रखर वक्ता भट्टराई नेपाली खेलकुदको क्षेत्रमा पनि सक्रिय रहदै आएका छन। विभन्न संघ संस्थाहरुको स्थापना गरेर सामाजिक क्षेत्रमा क्रियाशील रहेका भट्टराई सृजनशील र रचनात्मक राजनीति गर्न रुचाउने नेताका रुपमा परिचित छन।

२. बिजेन्द्र श्रेष्ठ 

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर समितीका सचिव बिजेन्द्र श्रेष्ठ ले पनि  आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदको लागि दावी गरेका छन।

पेसाले इन्जिनियर रहेका श्रेष्ठ पनि राजनीति संगै विभिन्न संघ संस्थाहरुको स्थापना गरेर बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकासमा सक्रिय रहेका श्रेष्ठले सक्रिय युवा नेताको परिचय बनाएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।