बुढानिलकण्ठ नगरपालिका वडा नं ७ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाडौँ चैत्र १४ ।

२०७९  बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै  बुढानिलकण्ठ नगरपालिका वडा नं ७ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमावडा अध्यक्ष र  चार सदस्य  जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष  पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं  ७ को वडा अध्यक्ष पदमा दावेदारी दिन सक्ने  केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. बस नारायण महर्जन 

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य बस नारायण महर्जन आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ७ को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ६२६ मत सहित वडा अध्यक्षमा निर्वाचित बनेका महर्जन राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेका छन।

२.राममाया महर्जन 

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य राममाया महर्जन पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ७ को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेकी  छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ५७१  मत सहित वडा सदस्यमा  निर्वाचित बनेका महर्जन राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेकी  छन।

३. तोयानाथ अधिकारी 

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य तोयानाथ अधिकारी पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ७ को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका   छन।

लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेका अधिकारी शिक्षा क्षेत्रमा पनि सक्रिय रहेका छन।

४. विश्व निरौला 

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ७  कमिटीका सचिव  विश्व निरौला पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ७ को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका   छन।

लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेका निरौला इन्जिनियरिङ्ग  शिक्षा क्षेत्रमा पनि सक्रिय रहेका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।