काठमाण्डौ महानगरपालिका वडा नं ६ अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाडौँ चैत्र १४ ।

२०७९  बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित ४ सदस्य जितेको नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।

शाखा र टोल  कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका  तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. दिपेन्द्र लामा 

काठमाण्डौ महानगरपालिका वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामा आसन्न स्थानीय तहको निर्वाचनमा  नेपाली कांग्रेसका   तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३६१५ मत सहित वडा अध्यक्षमा निर्वाचित लामा राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएका छन।

२. जयराम पुडासैनी 

काठमाण्डौ महानगरपालिका वडा नं ६ का सदस्य जयराम पुडासैनी पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेपाली कांग्रेसका   तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३०४१ मत सहित वडा सदस्यमा  निर्वाचित पुडासैनी  राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा सक्रिय रहेका छन।

३. नरेन्द्र कुमार थापा ( भगवान )

काठमाण्डौ महानगरपालिका वडा नं ६ का सदस्य नरेन्द्र कुमार थापा ( भगवान) पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेपाली कांग्रेसका   तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३२८६ मत सहित वडा सदस्यमा  निर्वाचित  थापा  राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा सक्रिय रहेका छन।

४. भुवन लामा 

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ का सचिव भुवन लामा पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेपाली कांग्रेसका   तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका छन।

काठमाण्डौ महानगरपालिका वडा नं ६ इकाईका पुर्व सभापति लामा राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेका छन।

५ . विवेक लामा 

नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिका वडा नं ६ समितीका सभापति विवेक लामा पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेपाली कांग्रेसका   तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका छन।

खेलकुद क्षेत्रमा पनि योगदान दिएका लामा राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा सक्रिय रहेका छन।

तपाइँको प्रतिक्रिया ।