गोकर्णेश्वर नगरपालिकामा मेयर कप बिध्यालय स्तरीय भलिबल प्रतियोगिता आज बाट शरू

कपन अनलाइन

काठमाडौं, चैत्र ११। गोकर्णेश्वर नगरपालिकामा मेयर कप बिध्यालय स्तरीय भलिबल प्रतियोगिता २०७८ शुरु भएको छ ।गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा गोकर्णेश्वर युवा जागरण क्लब (GFG)को संयोजनमा  गोकर्णेश्वर नगरपालिका वडा नं २ स्थित बाल सुधार माबीको खेल मैदानमा  शुरु भएको उक्त प्रतियोगितामा नगरपालिकाका १० वटा बिध्यालयले सहभागिता जनाएका छन ।

दुइ दिन सम्म चल्ने सो  प्रतियोगिताको आज एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामाले रेफ्रीलाई भलिबल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरेका हुन ।

  बाल सुधार माबीका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पण्डित क्षेत्रीको अध्यक्षतामा भएको उक्त प्रतियोगिता उद्घाटन कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद  उप शाखा प्रमुख राम नारायण शाह, बाल सुधार माबीका प्रधानाध्यापक हेमराज घिमिरे, गोकर्णेश्वर युवा जागरण क्लब (GFG) का अध्यक्ष विकेश श्रेष्ठ,गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद बिकास समितिका सदस्य सत्रुधन सुवेदी,  दिनेश राइ लगायत बिभिन्न बिध्यालयका प्रधानाध्यापक शिक्षक खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको कार्यक्रम संचालन गोकर्णेश्वर युवा जागरण क्लब (GFG)का सल्लाहकार ज्ञान कुमार श्रेष्ठले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा गोकर्णेश्वर युवा जागरण क्लब (GFG)का अध्यक्ष बिकेश श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । दुइ दिन सम्म चल्ने प्रतियोगितामा प्रथम दितीय र तृतीय हुने टिमले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको जानकारी गराउदै  खेल अवधी भर खेलाडीहरुको मनोबल उच्च पार्न सम्पुर्ण खेल प्रेमी दर्शकहरुलाई  खेल अवलोकनको लागि उपस्थिती भईदिन समेत अनुरोध गरेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद  उप शाखा प्रमुख राम नारायण शाहले शुभकामना मन्तब्य राख्दै  बिद्यार्थीको सामाजिक, शारिरिक  र मानसिक विकासको अभिवृद्धिको लागि खेलकुद आवश्यक भएको बताए ।प्रतियोगिताले  विद्यार्थी बीच आपसी भाइचारा तथा मित्रता विकास हुने र   बिध्यालयहरु बीच एक आपसमा संस्थागत सम्बन्ध विस्तार हुने  पनि बताए । बिद्यार्थीहरु शारीरिक रुपमा स्वास्थ्य नभएसम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारण पनि बिभिन्न प्रतियोगिता उनीहरुको लागी अति आवश्यक भएको बताउदै प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए  ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामाले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए । उनले नगरपालिकाको युवा तथा खेलकुद विकास समितिले खेलकुद र खेलाडीहरुलाई प्रोत्साहन गर्ने खालका धेरै कार्यक्रम गरिरहेको बताएका थिए । गोकर्णेश्वर नगरपालिकाले खेलकुदलाइ प्राथमिकता राखेको हुदा विभिन्न् प्रतियोगिताहरु संचालन हुदै आएको समेत जानकारी गराउदै  भलिबल खेलमा सम्भावना बोकेका प्रतिभाहरुको पहिचान गर्न पनि यस्ता प्रतियोगीताले सहयोग पुर्याउने बताए ।

उनले बिद्यार्थीहरुमा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउन र  उनीहरुलाई सभ्य, अनुशासित एवम् ईमान्दार बनाउन खेलकुदको महत्वपुर्ण भुमिका रहने बताए । उनले खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई  भलिबल खेलमा लाग्न प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वास ब्यक्त गरेका थिए।

 अध्यक्षताको आसन बाट बोल्दै बाल सुधार माबीका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पण्डित क्षेत्रीले उपस्थित सबैलाई धन्यवाद दिदै प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।प्रतियोगिता को पहिलो उद्घाटन खेल अरुणोदय माबी र सहयोगी माबी बीच भएको थियो ।

तपाइँको प्रतिक्रिया ।