जगडोलमा रहेको विन्ध्यवासिनी मन्दिर परिसरमा सत्तल (पुजारी निवास) निर्माण गरिने

जगडोलमा रहेको विन्ध्यवासिनी मन्दिर परिसरमा सत्तल (पुजारी निवास) निर्माण गरिने

कपन अनलाइन

काठमाडौँ, चैत्र  १० । गोकर्णेश्वर नगरपालिका वडा नं ३ जगडोलमा रहेको श्री विन्ध्यवासिनी मन्दिर परिसरमा सत्तल (पुजारी निवास)  निर्माणको लागि उपभोक्ता समिति गठन गरिएको छ । करिब २० लाख रुपैयाको लागतमा निर्माण गर्न लागिएको उक्त सत्तल (पुजारी निवास) को लागि  गोकर्णेश्वर नगरपालिकाले  करिब रु दश लाख रुपैया सहयोग गर्ने र बाँकी रकम  सापकोटा कल्याण समाज बाट बेहोर्ने भएको छ ।

सोहि सत्तल निर्माणको लागि  सापकोटा कल्याण समाजका अध्यक्ष इश्वर प्रसाद सापकोटाको अध्यक्षतामा भएको भेलामा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,वडा सदस्य लक्ष्मी भण्डारी, सापकोटा कल्याण समाजका उपाध्यक्ष अच्युत प्रसाद सापकोटा,महासचिब गोकर्ण प्रसाद सापकोटा कोषाध्यक्ष मुकुन्द प्रसाद  सापकोटा, सल्लाहकार कृष्ण प्रसाद सापकोटा, समाज सेवी गम्भीर मान श्रेष्ठ लगायत स्थानीयबासिन्दाको उपस्थिति रहेको सो  भेलाले   विन्ध्यवासिनी माता सत्तल निर्माण उपभोक्ता समिति निर्माण गरेको हो ।

 विन्ध्यवासिनी माता सत्तल निर्माण उपभोक्ता समितिका  अध्यक्ष मुकुन्द प्रसाद सापकोटाको अध्यक्षतामा ७ सदस्यीय विन्ध्यवासिनी माता सत्तल निर्माण समिति गठन गरिएको छ ।  उक्त समितिको सचिवमा रबिन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्षमा दिप्ती घिमिरे ,सदस्यहरुमा पुरुषोत्तम सापकोटा, कृष्ण माया श्रेष्ठ, प्रदिप सापकोटा र कुमार भण्डारी रहेका छन ।समितिले चाडैनै सत्तल निर्माणको लागि आवश्यक प्रक्रिया पुर्याई निर्माण थालनी गर्ने समितिका अध्यक्ष मुकुन्द प्रसाद सापकोटाले कपन अनलाइनलाइ जानकारी गराए ।

विन्ध्यवासिनी मन्दिरले जगडोलको सौन्दर्य बढाउनुको साथै  धार्मिक पर्यटन प्रवर्दनमा समेत  टेवा पुर्याउदै आएको छ ।  स्थानीयले उक्त मन्दिर सापकोटाको कुल मन्दिर ठान्दै आए पनि  सो मन्दिर  सापकोटाको मात्र नभई सबै हिन्दु धर्ममा आस्था राख्नेहरुको साझा  सम्पत्ति भएको हुँदा त्यसको संरक्षण  र   प्रवर्द्धन  गर्न आवश्यक  रहेको  सापकोटा  कल्याण समाजका अध्यक्ष इश्वर प्रसाद सापकोटाले जानकारी गराए ।

 

तपाइँको प्रतिक्रिया ।