तारकेश्वर नगरप्रमुखमा नेकपा माओवादी केन्द्रका राम कुमार थापाको चर्चा

कपन अनलाइन
काठमाडौं, चैत १०।

आगामी बैशाख ३० गते स्थानीयतहको निर्वाचन हुने भएसंगै मुख्य दलबाट आकाक्षीहरुको चर्चा हुन थालेको हो ।

नेकपा माओवादी केन्द्र तारकेश्वर नगरपालिकामा राम कुमार थापाले उम्मेदवारी दिने चर्चा चलेको छ  ।  नेकपा माओवादी केन्द्र तारकेश्वरका  अध्यक्ष थापा २०३९ सालदेखि निरन्तर वाम राजनीतिमा सक्रिय  रहदै आएका छन् ।

थापा माओवादी केन्द्रबाट तारकेश्वरका बलिया उम्मेद्बार हुन् । स्थानीय जनताविच लोकप्रिय थापा जनताको काममा निरन्तर सक्रिय रहदै आएका छन् ।

तारकेश्वर नगरलाई बिकासको नयाँ उचाईमा उठाउनु माओवादी केन्द्रका प्रतिनिधिलाई निर्वाचित गराउनु पर्ने थापाको बुझाइ रहेको छ ।

 राम कुमार थापाका प्रतिबद्धताहरु :

-तार्केश्वरको चिसापानी फाँटबाट तार्केश्वर मन्दिरसम्म केबलकार संचालक गर्ने ।

-मुड्खुडाडाको भ्युटावरलाई व्यावस्थित प्रयोग गरि, रुद्रमती क्रियापुत्री भवन कमेरखोलादेखि टावरसम्म पैदल मार्ग खोल्ने ।

-हरेक वडाका सार्वजनिक प्रतीजग्गा संरक्षण गरि समुदायलाई हस्तान्तरण गरिने ।

-पर्यटन उद्योगलाई प्रोत्साहन गर्न धार्मिक पर्यटनलाई जोड दिने ।

-सामुदायिक बिद्यालयको स्तर उन्नति गरि निशुल्क र अनिवार्य शिक्षा लागू गर्ने

-जनआन्दोलन र जनयुद्धका घाइते अपाङ्ग लगायत महिला, दलित, उपेक्षित वर्गलाई बिशेश सेवाहरु प्रदान गरिने।

-तार्केश्वरलाई भ्रष्टाचार मुक्त नगरपालिका बनाउने ।

-जसको निति उसको नेतृत्वको आधार तार्केश्वरलाई काठमाडौंकै नमुना नगरपालिका बनाउने ।

तपाइँको प्रतिक्रिया ।