नेपाली कांग्रेस बुढानिलकण्ठले चार वटा वडामा “होलबडी” परिक्षण सहित स्वास्थ्य सिविर गर्ने

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ७।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिको आयोजनामा चार वटा वडामा “होलबडी” परिक्षण सहित स्वास्थ्य सिविर हुने भएको छ।

पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको स्मृति दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिकाका वडा नं ३ ,४,८ र १३ स्वास्थ्य सिविर हुन् लागेको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा चैत्र ९ गते ,वडा नं ४ मा चैत्र ३० गते ,वडा नं ८ मा चैत्र २४ गते र वडा नं १३ मा चैत्र १६ गते संचालन हुने सो स्वास्थ्य सिविरमा “होलबडी” परिक्षण सहित विभिन्न सेवाहरु उपलव्ध हुने नगर सह सचिव तथा स्वास्थ्य विभाग प्रमुख कुमार खड्काले जानकारी दिएका छन।

सो सिविरको  सह आयोजकमा जीपी फाउन्डेसन काठमाण्डौ क्षेत्र नं ४ ( ख ) रहेको छ।

तपाइँको प्रतिक्रिया ।