राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल विद्यालय खेलकुद महासंघको टिचर्स ट्रनिङ कोर्स सुरु
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ६।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल विद्यालय खेलकुद महासंघको संयुक्त आयोजनामा आईएसएफ स्कुल स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स शनिबारदेखि खुमल्टारस्थित प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलमा सुरु भएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले कोर्सको एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने कोर्समा २ सय प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छ ।
कोर्समा सहभागीलाई स्पोर्ट्स साइन्स, स्पोर्ट्स बायो–मेकानिक्स, स्पोर्ट्स ट्रेनिङ कोचिङ साइन्स एन्ड ओफिसिएटिङ, स्पोर्ट्स न्युट्रिसन, स्पोर्ट्स फिजियोथेरापी, स्पोर्ट्स इभेन्ट्स एन्ड स्पोर्ट्स म्यानेजमेन्ट, स्पोर्ट्स साइकोलोजी र एनएससी रुल्स एन्ड रेगुलेसनका विषयमा जानकारी दिइने छ ।
उद्घाटनका अवसरमा राखेप उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापा, आयोजक महासंघका अध्यक्ष विनोद श्रेष्ठलगायतको उपस्थिति थियो ।