टोखा नगर प्रमुख : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

टोखा नगर प्रमुख : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३०।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले टोखा  नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख,उपप्रमुख सहित विभिन्न  वडा जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा नगर प्रमुखको पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

सबै शाखा र नगर कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट नगर प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. प्रकास अधिकारी 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ८८९५ मत सहित टोखा नगरपालिकाको प्रमुखमा निर्वाचित बनेका प्रकास अधिकारी यस पटक पनि नगर प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य रहेका अधिकारी लामो समय देखि राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय रहदै आएका छन।

२. ज्ञानमाया डंगोल 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ८०९८ मत सहित टोखा नगरपालिकाको उपप्रमुखमा निर्वाचित डंगोल आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सम्भावित नगर प्रमुख पदको दावेदार हुन्।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा मदन भण्डारी फाउन्डेसनमा सक्रिय रहेकी डंगोल पनि लामो समय देखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा सक्रिय रहेकी छन।

३. नारायण भाइ श्रेष्ठ   

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य नारायण भाइ श्रेष्ठ पनि टोखा नगरपालिका प्रमुखको पदमा नेकपा एमालेको तर्फ बाट सम्भावित दावेदारका रुपमा रहेका छन।

काठमाण्डौ जिल्लाको बामपन्थी आन्दोलनमा संगठन र सांस्कृतिक उत्थानका विभिन्न गतिविधिमा सक्रिय रहेका श्रेष्ठले विभिन्न सामाजिक क्षेत्र र अभियानमा पनि योगदान दिएका छन।

४. सत्य नारायण डंगोल 

नेकपा एमाले टोखा नगर कमिटीका अध्यक्ष  सत्य नारायण डंगोल पनि टोखा नगरपालिका प्रमुखको पदमा नेकपा एमालेको तर्फ बाट सम्भावित दावेदारका रुपमा रहेका छन।

टोखा नगरपालिकाका विभिन्न सामाजिक ,सांस्कृतिक र राजनीतिक अभियानमा निरन्तर सक्रिय रहेका श्रेष्ठलाई आसन्न स्थानीय तहको निर्वाचनमा  नगर प्रमुख पदको सम्भावित दावेदारका रुपमा हेरिएको छ।

 

तपाइँको प्रतिक्रिया ।