प्रथम बागमती प्रदेश खेलकुद : पुरुष फुटबलमा ललितपुर जित

कपन अनलाइन
हेटौडा,फागुन ३०।
प्रथम प्रदेश खेलकुद प्रतियोगिताको अन्तर्गत पुरुष फुटबलमा ललितपुरले कठिन जित निकालेको छ । हेटौंडा स्थित क्याम्पा डाँडा रंगशाला आइतबार भएको खेलमा ललितपुरले चितवनमाथी १–० को कठिन जित निकाल्न सफल भयो ।
निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । यदपी दुवै पक्ष गोल गर्ने सुन्दर अवसरहरुबाट चुकेका थिए ।
दोश्रो हाफको ६८ मिनेटमा कप्तान बसन्त तामाङले गरेको गोलनै ललितपुरका लागि निर्णायक बन्यो । कप्तान तामाङले ४० मिटर टाढाबाट सुन्दर गोल गरेका थिए । नकाउट पद्धतीबाट शुरु भएको प्रतियोगिताको सोमबारकका  खेलहरु रामेछाप र सिन्धुपाल्चोक र मकवानपुर र नुवाकोटबीच हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताइन् ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना सुरु प्रतियोगिताको आइतबारै हेटौंडामा भएको ब्याडमिन्टन प्रतियोगितामा महिला र पुरुष तर्फ आठ÷आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । महिला तर्फ सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ, चितवन, भक्तपुर र ललितपुर क्वाटरफाइलनमा प्रवेश गरेको प्रतियोगिता संयोजक दिपक थापाले बताए । पुरुषतर्फ रसुवा, चितवन, सिन्धुली, काभ्रे, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट क्वाटरफाइनलमा प्रवेश गरेको उनले जानकारी दिए । सोमबार बिहानबाट क्वाटरफाइनलका खेल हुने आयोजकले बताएको छ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेको धुलिखेलमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।