कागेश्वरी मनोहरा नगरपालिकामा ‘जन प्रतिनिधि र कर्मचारी बीच ५ बर्षको सहयात्रा’ बिषयक समिक्षा बैठक सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिकामा ‘जन प्रतिनिधि र कर्मचारी बीच ५ बर्षको सहयात्रा’ बिषयक समिक्षा बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौँ,फाल्गुन २० ।स्वच्छ सफा हराभरा बनाऔं कागेश्वरी मनोहरा भन्ने मूल नाराको साथमा कागेश्वरी मनोहरा नगरपालिकाले जन प्रतिनिधि र कर्मचारी बीच ५ बर्षको सहयात्रा विकास निर्माण लगायतका बिषयमा समिक्षा बैठक सम्पन्न गरेको छ ।फाल्गुन १९ गतेबिहिबार  नर्लिंग रिसोर्टमा    नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  उप प्रमुख बिन्दु पुडासैनी सिम्खडा , प्रमुख प्रशासकीय अधिकृत  भोजराज घिमिरे नगरपालिकाका सल्लाहकारहरु बिदुर ढुंगाना, भरत पुयाँल, शिक्षाविद् डा. गणेशराज अधिकारी लगायत नगरपालिकाका ९ वटै वडा का वडा अध्यक्ष कार्यपालिका सदस्य र कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रम संचालन कागेश्वरी मनोहरा नगरपालिका प्रशासन शाखाका प्रमुख सीता अधिकारीले गरेकी थिइन ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा   नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भिमिरेले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णहरि थापाले जनप्रतिनिधिहरु र कर्मचारीहरुले एकापसमा सहकार्य र समन्वय गरेर कार्य गरेका कारण नगरको विकासले फड्को मारेको जानकारी गराएका थिए ।जनशक्तिको आवश्यकता, माग र आपूर्तिबीच तालमेल नमिल्नु र केन्द्रबाट गए कर्मचारीको केन्द्रीकृत सोच, अनुभव एव स्थानीय तहका जनप्रतिनिधिको स्थानीयताको ज्यादा गुरुत्वबीच सामञ्जस्य कायम हुन नसक्दा कार्यसम्पादन र सेवा प्रवाहमा समस्या र अस्पष्टता देखिएको भए पनि नगरपालिकामा जन प्रतिनिधि र कर्मचारी बीच समन्वय हुँदा धेरै  काम भएको बताए ।

उनले जनप्रतिनिधि र कर्मचारी एक रथका दुई पाङ्ग्रा भएको उल्लेख गर्दै  रथ आफ्नो गतिमा गुड्नको लागि दुवै पाङ्ग्रा चुस्त दुरुस्त हुनु आवश्यक भए जस्तै योजना तथा आयोजना रुपी रथ समयमै गन्तव्यमा पुग्नको लागि जनप्रतिनिधि तथा कर्मचारीको प्रभावकारी क्रियाशीलता, समन्वय र सहकार्य आवश्यक पर्ने बताएका थिए ।उनले कोरोना रोकथाम देखि लिएर अन्य काममा पनि कर्मचारीले खेलेको भूमिकाको प्रसंशा गरेका थिए ।

नगरपालिकाले कर्मचारीहरुको बृति बिकास र नगरबाट पाउने सुबिधा उपलब्ध गराइरहेको जानकारी दिदै  निर्वाचित भए देखि नैनगरको विकासमा  लागिपरेको जानकारी गराए ।उनले पूर्वाधार विकास, सामाजिवक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रबद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, बालमैत्री स्थानीय शासन, शहरीकरण व्यवस्थापन, पार्क निर्माण, वातावरण, फोहरमैला व्यवस्थापन, कृषिको आधुनिकीकरण र सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको नगर प्रमुख थापाले  बताएका थिए । नगरको अहित हुने कुनै पनि काम नगरेको जानकारी दिदै नगरपालिकालाई सुशासनमैत्री र जवाफदेही बनाइएको नगर प्रमुख थापाको भनाई रहेको थियो  ।

कार्यक्रममा बोल्दै नगर उप प्रमुखबिन्दु पुडासैनी सिम्खडाले नगरको समग्र विकास र समृद्धिका साथ साथै न्यायिक समितिका कामहरु र लक्षित बर्गका कार्यक्रमहरुलाई व्यवस्थित बनाई कार्यान्वयन गरेको बताएकी थिइन । उनले विकास निर्माणको अनुगमन देखि लिएर न्यायिक समितिमा आएका मुद्दाहरुलाइ ‘हाम्रो विवाद : हाम्रै समाधान’ भन्ने मूलभूत मान्यताका साथ  मेलमिलाप नीति मार्फत  बाट निरुपण गर्दै आएको जानकारी गराएकी थिइन विवादको जुनसुकै विषय, कारण वा स्रोत भएतापनि यसको उचित समाधान गर्नुपर्छ।  विवादलाई सही समयमा नै उचित तरिकाबाट समाधान गर्न सकिएन भने यसले उग्र रूप लिन सक्छ भनेर मेलमिलाप कर्ता मार्फत मेलमिलाप गराइदै आएको जानकारी गराएकी थिइन ।मुद्दाको पक्ष र विपक्षको कुरा सुनेर निष्पक्ष न्याय सम्पादन गर्न समितिलाई चुनौती भए पनि मेलमिलापको माध्यमबाट विवाद समाधानमा समितिको भूमिका प्रभावकारी रहेको बताएकी थिइन ।

स्थानीय तहमा जनप्रतिनिधिहरू कुनै न कुनै पार्टीहरूबाटै निर्वाचित भएका हुन्छन्। पीडित र पीडक दुवैले राजनीतिकरूपमा अविश्वास गर्ने सम्भावना पनि नकार्न सकिदैन भन्दै उप प्रमुख सिम्खडाले भनिन ‘जनप्रतिनिधि भएपछि पार्टीगत रूपमा व्यवहार गर्ने कुरो नै आउँदैन, त्यसमाथि न्याय गर्दा पक्ष लिनु झन् पाप हो ।’ विवादको दुवै पक्षले सन्तुष्ट हुने गरी फैसला गर्दै आएको बताउँदै उनले भनिन   ‘कसैप्रति नै राजनीतिक आग्रह र पूर्वाग्रह  नराखी मेलमिलाप बाट समाधान गर्दै आएको बताइन ।

कार्यक्रममा वडा नं.१ वडा अध्यक्ष मुकुन्द गजुरेल, २ का वडा अध्यक्ष सुदर्शन धिमाल, ३ का वडा अध्यक्ष राममणी पुडासैनी, ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी, ६ का वडा अध्यक्ष प्रकाश फुयाँल, ७ का वडा अध्यक्ष जीवन थापा, ८ का वडा अध्यक्ष श्रीकृष्ण चापागाई र ९ का वडा अध्यक्ष कुन्दन खड्का  स्वास्थ्य अधिकृत लक्ष्मी कोइराला योजना शाखा प्रमुख ऋषिकेश तिम्सिना, शिक्षा शाखा प्रमुख बिमल निरौला, भवनशाखा प्रमुख उमेशजँग थापा, प्रबिधिक रामबाबु देउजा लगायतले जनप्रतिनिधी सँगको सहकार्यले भएको कामको बिकास निर्माणको प्रगति तथा कार्यसहजताका बारेमा धारणा राखेका थिए । उनीहरुले  जनप्रतिनिधिहरु र कर्मचारीहरुको एकता र समन्वयबाट कागेश्वरी मनोहरा नगरपालिकाले विकासमा फड्को मार्न सफल भएको बताउदै आगामी दिनमा पनि छिटो, छरितो र प्रभावकारी रुपले कर्मचारीहरुले नगरबासीहरुलाई सेवा प्रवाह गर्नुपर्नेमा जोडदिएका थिए  ।

नगर प्रवक्ता समेत रहेका कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष राजाराम पुडासैनीले स्वास्थ्य उपचारको क्रममा भारतमा रहेका हुँदा उनले उही बाट  भर्चुअल माध्ययमबाट सम्बोधन गरेका थिए ।नगर प्रवक्ता पुडासैनी हाल भारतको राजधानी नयाँ दिल्लीमा स्वास्थ्य समस्याका कारण उपचाररत रहेका छन ।कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापा लगायत जनप्रतिनिधिहरुले नगर प्रवक्ता पुडासैनीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।